नेपाल महिला संघको नयाँ नेतृत्वका लागि मतदान

नेपाल महिला संघको नयाँ नेतृत्वका लागि मतदान

nepal_mahila_sanghकाठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघको महाधिबेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।

बिहान ११ बजेदेखि मतदान हुने भनिएपनि प्राविधिक कारणले मतदान एक घन्टा ढिला सुरु भएको हो ।

राजधानीको प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृहमा मतदान सुरु भएको हो ।

मतदातालाई सहजताका लागि ३५ बुथको व्यवस्था गरिएको छ ।
नयाँ नेतृत्व चयनका लागि देशभरीबाट आएका करिब २२ सय प्रतिनिधिहरुले मतदान गर्नेछन् ।

महिला संघको नयाँ नेतृत्वका लागि मीना पाण्डे र उमा रेग्मी मैदानमा छन् ।

मीना पाण्डे रामचन्द्र पौडेल पक्षधरकी हुन् भने रेग्मी संस्थापन पक्षबाट अध्यक्ष पदमा उम्मेदवार बनेकी हुन् । मतदान सकिएपछि आजै मतगणना हुनेछ ।