काठमाडौं । ग्लोबल आइएमई बैंकले आ.व.२०७२÷०७३ मा १ अर्व ३८ करोड २२ लाख २३ हजार ९ सय ९८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंक संचालक समितिको मिति २०७३÷०५÷२९ को २५७ औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारण सभाको स्वीकृति पश्चात आ.व.२०७२÷०७३ को वितरण योग्य मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत लाभांश (बोनश शेयर) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ७ अर्व १५ करोड ५ लाख ५० हजार ३ सय ४२ रुपैयाँ पुग्ने छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । ७६.८४ अर्व निक्षेप, ६४.६३ अर्व कर्जा लगानी रहेको बैंकको हाल ९१ वटा शाखाहरु, १० वटा राजश्व संकलन काउण्टर, १०३ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर तथा ४२ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।