हामी सर्वहारावर्गको बर्दी लगाएका सेना हौं : तामाङ

हामी सर्वहारावर्गको बर्दी लगाएका सेना हौं : तामाङ

gggf

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किराती राष्ट्रिय मुक्ति मोर्चा र अखिल नेपाल लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त भेलाको उद्घाटन गर्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य तथा पार्टीका लिम्बूवान संयोजक सिताराम तामाङले आफूहरु सर्वहारावर्गको बर्दी लगाएका सेना भएको बताएका छन् । आज सुनसरीको धरानस्थित गीता भवनको हलमा भएको संयुक्त भेलामा तामाङले यस्तो बताएका हुन् । कांग्रेस, एमाले, माके लगायतका पार्टीहरुले जनजातिहरुलाई हतियार मात्र बनाए भन्दैे जनजातिहरुको अधिकार लुटेर लगेको आरोप लगाए ।
“आदिवासी जनजातिहरुले अधिकार नपाउँदासम्म आन्दोलनलाई निरन्तर रुपमा जारी राख्नु पर्दछ ।” उनले भने, “क्रान्तिकारी माओवादी पार्टी मात्र सर्वहारावर्गको सच्चा प्रतिनिधि भएकोले यसले मात्र आदिवासी जनजातिहरुको अधिकारको ग्यारेण्टी गर्छ ।” अहिलेको संविधानले पहिचानसहितको संघीयतालाई स्थापित गर्न नसकेकोले उत्पीडित जातीय पहिचानसहितको संघीयताको लागि जनजातिहरुका लागि लड्नुको विकल्प नरहेको कुरामा उनले जोड दिए ।
भेलामा पार्टीका केन्द्रीय सचिवालय सदस्य नगेन्द्र राई, केन्द्रीय सदस्य तथा किरात राज्य संयोजक मिनकुमार राउत, केन्द्रीय सदस्य तथा कोचिला राज्य संयोजक केदार गुरागाईं, केन्द्रीय सदस्यहरु मनोज श्रेष्ठ, केवि फुदुङ, मोहन लिम्बू र गणेश कटुवाल लगायत नेताहरुको उपस्थिति रहेको छ ।
धरानस्थित गिता भवनमा जारी बन्द सत्रले दुवै जातीय मोर्चाको नयाँ कार्यसमिति चयन गर्ने धरानबाट हाम्रा प्रतिनिधिले जनाए ।