सर्जियो अग्वेरोमाथि एफएले लगायो तीन खेलको प्रतिबन्ध

सर्जियो अग्वेरोमाथि एफएले लगायो तीन खेलको प्रतिबन्ध

sergio_agueroकाठमाडौं । म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्वेरोमाथि तीन खेलको प्रतिबन्ध लागेको छ । 

फुटबल एसोसिएसन एफएले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति वेष्ट ह्यामविरुद्धको खेलमा खेलभावना विपरितको गतिविधि गरेको आरोपमा दोषी ठहर गर्दै उनलाई तीन खेलको प्रतिबन्ध लगाएको हो । 

वेष्ट ह्यामविरुद्धको खेलको ७५ औं मिनेटमा अग्वेरोले विनस्टन रिडसँगको ट्यकलका क्रममा अनुहारमा कुइनाले हानेका थिए । 

रेफ्री आन्द्रे मेरेनाले नजिकै रहेर पनि अग्वेरोले रिडलाई हानेको देखेका थिएनन् । एफएले भिडियो फुटेज हेरेर उनीमाथि आरोपपत्र दर्ता गरेको थियो ।

यो प्रतिबन्धसँगै उनले प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र बोर्नमाउथविरुद्धको खेल तथा इएफएल कपको तेस्रो चरण अन्तर्गत स्वान्सीविरुद्धको खेल गुमाउने भएका छन् ।