भेनेजुएलामा सरकारको समर्थन र विरोधमा दोहोरो प्रदर्शन

भेनेजुएलामा सरकारको समर्थन र विरोधमा दोहोरो प्रदर्शन

venejuyelaएजेन्सी । भेनेजुएलाको राजधानी कराकसमा सरकारविरुद्धको प्रदर्शनमा दशौं हजारले भाग लिएका छन् ।

मुख्य विपक्षी पार्टी र उसका समर्थकले राष्ट्रपति निकोलास मादुरोको राजीनामाको माग गर्दै विगत दुई वर्षयताकै सबैभन्दा ठूलो प्रदर्शन गरेका हुन् ।

उनीहरुले वर्तमान राष्ट्रपति मादुरोले भेनेजुएलाको अर्थतन्त्र सुधार गर्न नसकेको जनमत संग्रह ढिलाई गरेर सत्ता लम्ब्याउन खोजेको उनीहरुको आरोप छ ।venejuyela 1

यता सरकारका समर्थकहरुले पनि विशाल प्रदर्शन गरेका छन् । सरकारले विपक्षीको प्रदर्शन असफल भएको दावी गरेको छ । यद्यपि विपक्षी नेताले विरोध प्रदर्शनमा कम्तीमा पनि १० लाखको सहभागिता रहेको बताएका छन् ।

मादुरोको समाजवादी पार्टी विगत १७ वर्षदेखि भेनेजुएलाको सत्तामा रहेको छ । सन् २०१४ मा तत्कालीन राष्ट्रपति ह्युगो चाभेजको मृत्यु पछि मादुरोले राष्ट्रपति पद सम्हालेका हुन् ।