तिलाठी
तिमीलाई अभिवादन
घरभित्रको
सदियौदेखि शोषणको
बाढी सामना गर्दै आयौ
आफ्नै परिवारबाट
दमनको भारी खेप्दै आयौ
तर
तिमी धैर्य थियौ
तिम्रो टटमा सामन्ती
खहरेले कटान गर्दा
छिमेकीको हैकमले
डुवान गर्दा
तिमी संयमित थियौ
अहिलेको अविरल वर्षासंगै
प्रतिरोधको छाल बन्यौ
तिमीलाई लाल सलाम
तिलाठी
तिमीलाई चिथोर्दा
सिङ्गै देशलाई दुखेको हुनुपर्दछ
तिमीलाई झम्टिदा
सिङ्गो देश
आक्रोसित भएको हुनुपर्छ
तिमीलाई सादुवाद छ
निर्धाहरुको रगतमा सल्बलायौ
उत्पीडितहरुमाथि जाँगर भ–यौ
सिङ्गो राष्ट्रलाई प्रेरित ग–यौ
तिमीलाई मुरी मुरी धन्यवाद छ
तिलाठी
तिमी प्रेरणाको श्रोत बन्यौ
निदाएकालाई जगायौ
जागेकालाई झकझकायौ
झक झकिएकालाई उता–यौ
हेपाहालाई लघा–यौ
चेपाहालाई धपायौ
नेपालीको पहिचान दियौ
तिलाठी
तिमीलाई पुनः सादुवाद छ
छिमेकीले गर्ने दुव्र्यवहारको
देशैलाई ध्यानाकर्षण हुने गरी
वेलैमा उजागर ग–यौ
तिमीलाई धन्यवाद छ
तिलाठी
तिमी घाइते छौ र पनि जित्यौ
तिमी पिडामा छौ र पनि पछा–यौ
तिमी सचेततापूर्वक
अविरल बाढी बन
सुसंगठित बाँध बन
देश व्युझाउँने
सुनौलो विहानी बन
सिङ्गो देश
बाल्ने मशाल बन
वर्ग वैरीलाई
सदा सदा डुवाउँने
अविरल कोशी बन
तिलाठी तिमीलाई
समर्थन छ