म क्रान्तिकारी माओवादीको दृढ समर्थक हुँ : घर्ती

म क्रान्तिकारी माओवादीको दृढ समर्थक हुँ : घर्ती

Amrit Ghartiबाग्लुङ । बाग्लुङ जिल्ला निवासी अमृतबहादुर घर्तीमगर ‘आभाष’ ले एक विज्ञप्ती जारी गरी आफू नेकपा (क्रान्तिकारी माओवादी) को दृढ समर्थक रहेको जनाएका छन् । 

यहि २०७३ साल श्रावण २९ गतेको नया“ पत्रिका दैनिकलगायतले प्रकाशित गरेको ने.क.पा. (माओवादी केन्द्र) को केन्द्रीय समितिको बाग्लुङ जिल्लाको कार्यकर्ताहरुको नामावलीसंगै घर्तीका नाम समेत राखिएकोमा उनले आपक्ति जनाउँदै आफू क्रान्तिकारी माओवादीमा नै क्रियाशील रहेको जनाएका छन् । 

माकेको सार्वजनिक नामावलीबाट कोही पनि भ्रममा नपर्न घर्तिमगरले सबैमा आग्रह गरेका छन् । 

उनले भनेका छन्, “आºना चिने जानेका साथीभाइ, सर्वसाधारण र पाठकहरुमा भ्रम पर्न जाने भएकाले म त्यस पार्टीमा नरहेको सबैमा जानाकारी गराउ“दछु । म विगतमा ने.क.पा.–माओवादीको केन्द्रीय सल्लाहकारमा रहेको र हाल ने.क.पा. (क्रान्तिकारी माओवादी) को दृढ समर्थकको रुपमा रहँदै आएको जानकारी गराउ“दछु ।”