जर्सापको शक्तिशाली ट्यांक
जर्साप, हजुरको ट्यांक शक्तिशाली छ
जंगलहरु सखाप पार्नसक्छ यसले
र कच्याककुचुक पारिदिनसक्छ सयौं मानिसहरुलाई
तर यसको यौटा कमजोरी छ
यसलाई चालक चाहिन्छ ।
जर्साप शकिशाली छ हजुरको बमवर्षक
आंधीभन्दा छिटो उड्नसक्छ यो
र हात्तीभन्दा धेरै बोक्नसक्छ यो
तर यसको यौटा दोष छ
यसलाई मिस्त्री चाहिन्छ ।
जर्साप, मानिस छ नि मानिस
उपयोगी छ धेरै
तर यौटा दोष छ उसको
उ सोच्नसक्छ ।
बर्तोल्त ब्रेख्त जर्मनीका शक्तिशाली कवि हुन् । फासिवादविरुद्द जुझारु र क्रान्तिकारी कविता-नाटक लेखेकैले उनलाई नाजी जर्मनीले सन् १९३३ मा देश निकाला गरेको थियो । उनका कविताका सान्दर्भिकता अहिले अझै बढेर गएको छ ।’जर्सापको शक्तिशाली ट्यांक ‘ त्यसैमध्येको एउटा कविता हो।