दाहालको दूत बनेर निधी भारत र महरा चीन जाने

दाहालको दूत बनेर निधी भारत र महरा चीन जाने

bimlendra-nidhi-and-krishna-bdr-maharaकाठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालको दूत बनेर दुई उपप्रधानमन्त्री चीन र भारत जाने भएका छन् ।

प्रम दाहालको भारत भ्रमणको तयारीका लागि विमलेन्द्र निधीलाई दिल्ली पठाउने मन्त्रिपरिषद्को विहीबारको बैठकले निर्णय गरेको हो ।

नयाँ सरकार गठन र नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन तथा चिनिया राष्ट्रपतिको नेपाल भ्रमणबारे अधिकारिक सन्देश लिन उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने मन्त्रिपरिषदले निर्णय गरेको हो । महरा दाहालका दाहिने हात मानिन्छन् ।

सरकारका प्रवक्ता समेत रहेका उपप्रधानमन्त्री महराले आफूहरू निकट भविष्यमा ती मुलुकको औपचारिक भ्रमण जाने जानकारी दिए ।

विहीबार नै उपप्रधानमन्त्री तथा गृहमन्त्री निधीले आफ्नो भारत भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको एजेण्डाबारे छलफल हुने बताएका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले बिहीबार अपराह्न गृह मन्त्रालयमा सञ्चारकर्मीहरूसँगको कुरा गर्दै आफ्नो भारत भ्रमणको क्रममा प्रधानमन्त्रीको भारत भ्रमणको तयारीबारेमा छलफल हुने बताए ।

प्रधानमन्त्री दाहाललाई भारतीय समकक्षी नरेन्द्र मोदीले भ्रमणको निम्ता दिएकाले प्रधानमन्त्रीको भ्रमणको तयारी नै आफ्नो भारत भ्रमणको मुख्य एजेण्डा भएको उनले बताए । साथै भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणको निम्ता दिनका लागि आफू प्रधानमन्त्रीको विशेष दूतका रुपमा भारत जाने उनले बताए ।