काभ्रे । ठेकदारसहित सम्बन्धित निकायले काभ्रेको रयालेमा स्थानीयबासीसँग छलफल नगरी नम्बरी जग्गा मिचेर विनाक्षतिपूर्ति बाटो विस्तार गरेपछि स्थानीय युवासँग झडप भएको छ । स्थानीयमाथि ठेकदार मुकेश पन्त र प्राविधिक विनोदसहित कामदारहरु प्रयोग गरेर स्थानीय युवामाथि हातपात गर्न खोजेपछि झडप भएको थियो । झडप लगत्तै घटनास्थल पुगेको असई कमल पाण्डे नेतृत्वको प्रहरी टोलीले स्थानीय युवा तेम्बा दुण्डुप लामालाई गिरफ्तार गरी लगेको स्थानीय निमा तामाङले मूलबाटोलाई जानकारी दिए ।
तामाङले दिएको जानकारी अनुसार गिरफ्तार गरिएका युवा लामालाई स्थानीय प्रहरी चौकी कुसादेवी चौकीमा राखिएको छ । जग्गा र घर आँगन सम्बन्धित व्यक्तिलाई विनासोधखोज डोजर लगाई भत्काउने र विनानिकास कुलो र घरको निकास नै ढाकिने गरी वाल लगाउंने र विनासर्भे वाल लगाउँंदा भासिने र चर्कने समस्या देखिएपछि स्थानीय युवाले सो कार्यको विरोध जनाएका थिए ।
विनासर्वे, विनामापदण्ड मनोमानी ढङ्गले सडक विस्तार गर्न खोज्दा यस्तो झडप भएको स्थानीय एक युवाले बताए, “ठेक्का पाएका मुकेश पन्तले काम गर्दा जनताको निजी उपभोग गरी रहेको जग्गा र घर आँंगन सम्बन्धित व्यक्तिलाई विनासोधखोज गरी डोजर लगाई भत्काउने गरेको र निकास नहँुदा बाटोमा पानी जमेर हिड्न र बिरामी पर्दा एम्बुलेन्स पनि चल्न नसक्ने भएकोले हामीले विरोध गरेका हौं ।”
स्थानीयको भोगचलनमा रहेको नम्बरी जग्गाको क्षतिपूर्ति दिइनुपर्ने, मापदण्ड पु¥याएर स्थानीयको सहमतिमा बाटो ग्राभेल गर्नुपर्ने लगायतका सर्त स्थानीयहरुको रहेको जनाइएको छ ।