उपरोक्त फ्रेडरिक एन्गेल्सको भनाईले अहिले पनि हाम्रा लागि निकै महत्व राख्दछ । यो भनाई त्यति बेला लेखिएको थियो, जतिवेला माक्र्स एन्गेल्सले भरखरै मात्र कम्युनिष्ट घोषणा पत्र जारी गदैं पुँजीवादको विकल्प एउटा कालखण्डसम्म समाजवादी राज्यव्यवस्थाको आवश्यकतामाथि जोड दिनु भएको थियो । तर त्यो कुरालाई एकातर्फ पुँजीपतिवर्गले पुँजीवाद नै निर्विल्प व्यवस्था बताउँदै यो विचारप्रति आक्रमण गर्दथे भने, अर्कोतर्फ अराजकतावादीहरु पुँजीवाद पछि स्वतः राज्यको अस्तित्व नरहने वकलत गदैं थिए ।
यसप्रकारको परिवेशमा अभिव्यक्त भएको उपरोक्त भनाई अहिले पनि हाम्रा लागि मार्गनिर्देशन गरिरहेको छ । नेपालको सन्दर्भमा यतिवेला यो भनाईको महत्व मुख्यतः दुईवटा प्रश्नसंग सम्बिन्धत छ । पहिलो, आजको अर्थ राजनीतिसँग यसको ऐतिहासिक महत्व छ । दोस्रो, यो भनाई नेपालको कम्युनिष्ट आन्दोलनको कार्यदिशास“ग जोडिएको छ । माक्र्स एन्गेल्सले समाज विकासका चरणलाई व्याख्या गर्दा मनोगत आधारमा होइन, इतिहासको वैज्ञानिक तथ्यका आधारमा विश्लेषण गर्नुभयो । र, त्यो नै ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोण हो ।
अराजकतावादीहरु पुँजीवाद पश्चात् राज्यसत्ताको आवश्यकता नहुने वकलत गरिरहेका थिए । माक्र्स–एन्गेल्सले संक्रमणको एउटा ऐतिहासिक चरण रहने कुरा गर्नु भयो । र, सर्वहारा वर्गको सत्ताको प्रश्नमा जोड दिनु भयो भने अराजकतावादीहरु विलोपको कुरा गदैं आए र सारमा पुँजीपतिवर्गलाई नै सहयोग पु¥याए । यो विषय नेपालको सन्दर्भमा यतिवेला किन आवश्यक देखियो भने एकातर्फ अहिले पनि नेपाली समाज अर्ध–सामन्ती तथा अर्ध-नवऔपनिवेशिक अवस्थामा रहेकोले पुँजीवादी क्रान्तिको चरण बा“की रहेको अवस्थामा नया“ जनवादी क्रान्ति नै अहिलेको मुख्य कार्यभार बन्न पुगेको छ । अर्कोतर्फ यो ऐतिहासिक विशिष्टतालाई पुरै पन्छाएर दक्षिणपन्थी संशोधनवादीहरु अहिलेको कार्यदिशा समाजवादी क्रान्ति भएको चर्चा गरेर हिंडिरहेको पृष्ठभूमिमा विचारधारात्मक सघर्षको आवश्यकता रहन गएको छ ।
नेपाली समाजमा भएको विकास र त्यसले उत्पन्न गरेका अन्तरविरोधलाई मनोगतवादी दृष्टिकोणले होइन, मालेमावादी चिन्तन पद्धतिका आधारमा निरुपण गर्नु नै अहिलेको ऐतिहासिक भौतिकवादी दृष्टिकोण हो । नेपाली समाजको जे वास्तविकता हो, त्यो धरातलबाट नै हामीले निस्कर्ष निकाल्नु पर्दछ । तसर्थ, अहिले पनि नेपाली समाज सामन्तवादी तथा साम्राज्यवादी उत्पीडनबाट मुक्त भएको छैन । र, नया“ जनवादी क्रान्तिको आवश्यकता अनिवार्य छ ।
नेपालको अर्थ–राजनीतिमा खोज अनुसन्धान गदैं आउनुभएका प्राध्यापक माणिकलाल श्रेष्ठ भन्नुहुन्छ, “नेपालमा विद्यमान पुँजीवादी शक्तिहरु राष्ट्रिय पुँजीपती होइन, उनीहरु केही हदसम्म यथास्तिवादी र केही हदसम्म विदेशी एकाधिकार पुँजीका दलाल हुन् । त्यसैले पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने संसदीय पार्टीले वर्तमान पँुजीवादी नया“ जनवादी क्रान्तिको अभिभारा पुरा गर्न सक्दैन । पुँजीवादी क्रान्तिको अभिभारा सर्वहारा वर्गको का“धमा आएको छ ।” उपरोक्त भनाईले दुईवटा कुरा स्पष्ट गर्दछः विद्यमान नेपाली समाजमा हुने क्रान्ति पुँजीवादी जनवादी क्रान्ति नै हो र दोस्रो, त्यसको नेतृत्व सर्वहारावर्गले गर्नु पर्दछ भन्ने कुरा प्रस्ट छ ।
यी ऐतिहासिक तथ्यलाई उपेक्षा गरेर निश्चय नै हामीले आजको क्रान्तिको कार्यभारलाई पुरा गर्न सक्दैनौं । र, त्यो कुरालाई थप पुष्टि गदैं नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीको ऐतिहासिक राष्ट्रिय भेलाद्वारा पारित राजनैतिक प्रस्तावमा भनिएको छ, “वस्तुतः नेपाल अझै अर्धसामन्ती तथा अर्ध-नवऔपनिवेशिक अवस्थामा रहिआएको र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका आधारभूत समस्याहरुको समधान नभएकोले देशलाई यस प्रकारको अवस्थाबाट मुक्त तुल्याउन र उक्त समस्याको समाधानका लागि नया“ जनवादी क्रान्ति अनिवार्य रुपमा आवश्यक छ ।” यी सबै तथ्यले नै स्पष्ट गर्दछ कि यतिबेला हाम्रो आधारभूत नीति देशमा नया“ जनवादी क्रान्तिको कार्यभारलाई पुरा गर्दै समाजवाद र साम्यवादको दिशामा अगाडि बढनु हो ।
जहाँ सम्म यतिवेला समाजवादी क्रान्तिको कार्यदिशाको चर्चा छ, त्यसले आजको नेपाली समाजको प्रतिनिधित्व गर्न सक्दैन । त्यो हावाधारी कुरा मात्रै हो । जसरी हिजो माक्र्स एन्गेल्सको पालामा पुँजीवादको विकल्प समाजवादी सत्तालाई अस्वीकार गरेर सिंधै साम्यवादको वकलत गर्ने र सारमा प्रतिकृयावादी व्यवस्थालाई सहयोग पु¥याउने काम अराजकतावादीहरुले गरे, ठीक अहिले नेपालको सन्दर्भमा यहाँका अवसरवादीहरु मुख्यतः दक्षिणपन्थी संशोधनवादीहरुले त्यो भूमिका निर्वाह गरिरहेका छन् । उनीहरुले कुनै चीजको नाम फेदैमा त्यसको स्वरुप स्ततः फेरिदैन भन्ने तथ्यलाई आत्मसात गर्न सकेनन् । त्यसैको परिणाम उनीहरु क्रान्तिकारी दिशाबाट च्यूत हुँदै प्रतिकृयावादी व्यवस्थाको अड्ड रक्षक बन्न पुगे । यसका पछाडि कसैको नियतभन्दा पनि उनीहरुको गलत विचार, राजनीति र दृष्टिकोण नै मुख्य कारण हो ।