तिमी लोकनजरमा बद्नाम भएपछि
म तिमी हुनुको के अर्थ छ र ?
म तिमी बन्नुपर्छमा अब के बाँकी छ र ?
तिमीले आफ्नै विगत बिर्सेर
आफ्नै आमाको छातीमा बुट बजारेपछि
तुच्छ स्वार्थ खातिर भद्दा घात गरेपछि
म तिमी बन्नुपर्छ भन्ने आँट कसरी ग¥यौं ?
थाहा छ, मेरो नजरमा तिमी कसरी म¥यौं ?
तिमीभित्रको ‘विचार’ र ‘सपना’ मरेपछि
हो, तिम्रो मृत्युको शंखघोष गरें मैले
जन–जनमा यो खबर फैलिरहेछ आज
तिमी जीउँदो लास बनिरहेछौं सबै माझ
तिमीलाई थाहा छ ?
तिमीले फेरिरहेको श्वासका लागि कतिले श्वास गुमाउनु प¥यो ?
तिमीभित्रको हरेक धड्कनका लागि कतिले धड्कन रोक्नु प¥यो ?
आफ्नो धरातल बिर्सेर वैभव र ऐशमा रम्ने छुट दियो कसले ?
मूल्य अवश्य चुकाउनु पर्छ एक दिन, बाटो बिराए जस–जसले
ढुंगा हान्ने मान्छे सडकमा जम्मा पारेर सिसाको महलमा छिरेपछि
फोरिन्छन् तिम्रा आलिसान महलहरु, तोडिन्छन् तिम्रा थातबासहरु
खोसिन्छन् तिम्रा श्वास र धड्कनहरु, पोलिन्छन् तिम्रा वैभव र ऐशहरु
त्यो दिन आउनु अगावै, ब्यूझ र आस्था र निष्ठाको यात्रा अविराम राख ।
हो, आज यस्तै स्वरहरु गुन्जाएमान छन् गाउँ गाउँ बस्ती बस्तीहरुमा
ती झुप्रा र छाप्राहरुमा, सहरका गल्ली गल्ली र हरेक कुइनेटाहरुमा