आफ्नै जीर्ण शरीरमा
पसिना बगाएर बाँचिरहेको छु
पसिना संधैँ बिलाइरहन्छ
पसिनाको मोल बिना काम गरिरहेको हुन्छु
आखिर मैले जे बुझेँे, त्यहीँ गरँे
यो सत्य हो, सबैले बुझ्दैनन्
यो अप्ठेरो छ
कठिन छ
संधैभरि यो असजिलो बाटो
कसले रोज्न सक्छ
सकेर रोजे बाँच्न पनि सकिन्छ
बाँचेर मात्र सत्य जगाउन सकिन्छ
त्यसको निम्ति त्यति मात्रले पुग्दैन
मुटुहरु चुटिन सक्छन्
बिछट्टै जीवनहरु गुम्न सक्छन्
गुमेको जीवन नयाँ ऊर्जा बनेर
सुन्दर विहानी बोलाउँछ
त्यतिखेर विवशता यस्तै भनेर
जीवनको अन्तिम घडीसम्म पनि
थाक्न हुन्न
नझुकी अघि लम्कनु पर्छ
अघि सर्न आँट गर्नै पर्छ
तब मात्रै सुन्दर लक्ष्य चुम्न सकिन्छ
अनि मात्र मुक्तिको बिहानी भेट्न सकिन्छ