मिलेराँवादको आतंक र क्रान्तिकारीहरुको अभिभारा

मिलेराँवादको आतंक र क्रान्तिकारीहरुको अभिभारा

२००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टी यतिवेला ६७ वर्षमा प्रवेश गरेको छ । ६७ वर्षको अवधिमा नेपालका कम्युनिष्ट क्रान्तिकारीहरुले नेतृत्व गरेको सर्वहारा वर्गीय आन्दोलन वा क्रान्तिहरु विभिन्न आरोह अवरोह पार गर्दै अगाडि बढ्ने क्रममा कम्युनिष्ट पार्टीभित्र घुसेका वा घुसाइएका कतिपय नेताहरुबाट घात र प्रतिघात हँुदै आएको कुरा हामी सबैका अगाडि जगजाहेर नै छ । वर्ग दुष्मनहरुको वाह्य दमन र अवसरवादी, दक्षीणपन्थी संसोधनवादी, नव–संसोधनवादी, पलायनवादीहरुद्वारा खडा गरिएको क्रान्तिप्रतिको वाधा व्यवधान गद्दारीका विरुद्ध निरन्तर रुपमा संघर्ष गर्दै क्रान्तिको झण्डालाई माथि उठाउने काम क्रान्तिकारीहरुले गरिरहेका छन् भन्ने कुरा भुल्नु हँुदैन । बरु वर्गसंघर्ष र पार्टीभित्र देखापर्ने दुईलाईन संघर्षमा क्रान्तिकारी पंक्ति झन स्पातिलो बन्दै आएका छन् । सर्वहारा वर्ग, सर्वहारा वर्गीय क्रान्तिका निमित्त खुसीको विषय हो । वर्गदुष्मनसँंगको लडाइँमा वैचारिक तथा फौजी ज्ञान क्षमता भएका नेता, कार्यकर्ता वा मुख्यतः फौजी ज्ञान नभएका कमाण्डरले नेतृत्व गरेको युद्ध हारमा बदलिन्छ भने पार्टीभित्रको वैचारिक संघर्षमा कमजोर वैचारिक स्तर भएका नेता कार्यकर्ता प¥यो भने अवसरवाद हावी हुन पुग्छ । भर्खरै मात्र बादलहरुको वैचारिक विचलन तथा पलायनतामा समेत यही अवस्था देखा प¥यो ।
     हाम्रो देशको यतिवेलाको वस्तुगत अवस्था भनेको स्वतन्त्र तवरबाट राष्ट्रिय पुँजीको विकास भएको अवस्था होइन । बरु अली अली विकास हुन खोजेको पुँजीवाद पनि साम्राज्यवादद्वारा निर्देशित दलाल पुँजीवाद हो । त्यसमा पनि उद्योग व्यवसाय चलाएर होइन अन्य देशहरुमा उत्पान गरिएका सामनको किनबेच गरेर । देशको यस्तो अवस्थामा कतिपयले पुँजीवाद आइसक्यो त कतिपयले जनवादी क्रान्ति पुरा भयो जस्ता वाहियात प्रकारका भ्रमहरु दिंदै आएका छन् । त्यसैले सवैखाले भ्रमबाट मुक्त हँुदै नयाँ जनवादी क्रान्तिका दुईवटा अभिभारा पुरा गर्न आवस्यक छ ः १) सामन्तवादको अन्त्य २) साम्रज्यवादी हस्तक्षेपको अन्त्य ।
    यतिवेला सामन्तवादको मूल प्रतिनिधि राजतन्त्रको अन्त्य त भयो तर सामन्तवादको हातमा रहेको राज्यसत्ता यतिवेला विदेशी दलालहरुको हातमा पुगेको छ । विदेशी दलालहरुको हातबाट सत्ता खोसेर सर्वहारा वर्गको हातमा नआईकन नयाँ जनवादी क्रान्ति पुरा हुन सक्दैन ।
त्यसकारण अहिलेको चरण भनेको नयाँ जनवादी क्रान्तिको चरण हो भन्ने विषयमा नेपालका सबै क्रान्तिकारीहरु स्पष्ट हुन आवश्यक छ । नयाँ जनवादी क्रान्तिको अभिभाराबाट तात्कालीन मालेको चौथो महाधिवेशनपछि हट्यो र केवल समाजवादी क्रान्तिको कुरा गरेर क्रमशः दक्षिणपन्थी संशोधनवाद हँुदै प्रतिक्रियावादी पतनको दिशामा पुग्यो । पछिल्लो चरण नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादी क्रान्ति भनेर तत्कालीन एमाओवादीको हेटांैडा महाधिवेशनले निर्णय ग¥यो र नयाँ जनवादी क्रान्तिको अभिभारबाट पछिहटेर नव–संशोधनवादी यात्रा तय ग¥यो । यतिवेला वादलहरुको एउटा गुट राष्ट्रिय जनवादको खुश्चोभी नारा दिएर भद्दा तवरबाट नयाँ जनवादी क्रान्तिको कठीन यात्राबाट भागेर उही एमाओवादीको समाजवादी क्रान्तिको पुरानो नारा दिदैं नव–संशोधनवादमा पलायन हुन पुगे । सर्वहारा वर्गले यस तवरबाट पलायन भएकाहरुको काफी मात्रामा भण्डाफोर गर्न आवश्यक छ । अहिलेको वर्तमान आवश्यकता भनेको क्रान्तिबाट पलायन भएका प्रचण्ड, बावुराम र वादलजस्ता दक्षिणपन्थी नव–संशोधनवादी तत्वहरुको भ्रमबाट मुक्त बनाउँदै नेपाली नयाँ जनवादी क्रान्तिको तयारी गर्नु हो । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को ऐतिहासिक राष्टिय भेलाको आवश्यकता, त्यसको महत्व, यसले गर्ने निर्णयहरु र बुझाइको एकरुपताका साथै कार्यान्वयनको पक्षमा देखिने व्यवहारहरुलाई सर्वहारा वर्गले अत्यन्त नजिकबाट नियालिरहेका छन् । आशा गरेका छन्, विश्वास गरेका छन् ।
२. भर्खरै मात्र पार्टीबाट पलायन भएका वादल गुटको अर्को रवैया भनेको क्रान्ति कसरी पुरा गर्ने भन्नेसँग सम्बन्धित छ । सडक, सदन र सरकारबाट क्रान्ति पुरा गर्ने वादलको भ्रम छ । क्रान्तिको कुनै विशिष्ट अवस्थामा क्रान्तिकारीहरु सरकारमा जान सक्छन् । तर नेपालको वर्तमान अवस्थामा सरकारमा गएर क्रान्तिको नेतृत्व गर्ने भनेको मीलेराँले ल्याएको सिद्धान्त अनुरुपको मोडल हो । वर्तमान संविधानलाई मानेर त्यसलाई संस्थागत गर्ने वादलको बुझाईमा समाजवाद नआँउदासम्म सरकारमा गइराख्ने । यो भनेको मीलेराँले ल्याएको घोर दक्षिणपन्थी विचारको नेपाली प्रतिनिधिको अभिव्यक्ति हो । यद्यपि वादलले अत्यन्त भद्दा तवरबाट मिलेराँवाद भनेको आजको माक्र्सवाद हो भनेर समेत व्यक्त नगरेका होइनन् । यसबाट के देखा पर्छ भने वादलहरुको गुट माक्सवाद, लेनिनवाद, माओवादको वैचारिक आलोकबाट विचलित भएर मिलेराँवाद अँंगाल्न पुगेको छ । नेपाली क्रान्तिमा यो अत्यन्तै नराम्रो विचलन हो ।
यसप्रकारको विचलनले नेपालको सर्वहारा वर्गीय आन्दोलनमा एउटा प्रश्न जन्माएको छ । त्यो के हो भने प्रचण्डले लोकतान्त्रिक संसदीय गणतन्त्रलाई संस्थागत गर्ने भनेर नयाँ जनवादी क्रान्तिको धारलाई छाडेपछि क.किरणको नेतृत्वमा हामीले विद्रोह गरेर पार्टीलाई नयाँ ढंगले पुनर्गठन गरेर आएका थियौं ।  जसमा वादल पनि घिसारिएर आउनुभयो । हामीले महासचिव जस्तो जिम्मेवारी दियौ तर नेपाली क्रान्तिको आधार तयार पार्नका निमित्त राजनैतिक, वैचारिक, सांगठानिक तथा वर्गसंघर्षका योजनाहरु जसरी अगाडि बढ्न पथ्र्यो, त्यो किन बढेन भनेर प्रश्न खड्किरहन्थ्यो । बनेका योजना तदारुकताका साथ कार्यान्वयनमा लैजानका निमित्त जुन भूमिका खेलिनपथ्र्यो, त्यो पनि खेलिएको देखिएन । कार्यकर्ताको तहबाट कैयौं प्रश्नहरु नउठेका पनि होइनन् । तर वादलको घोर अवसरवादी चरित्रलाई समयमा चिन्न नसक्दा क्रान्तिले पुनः एकपटक धोका खान वाध्य भयो ।
पार्टीको महासचिव जस्तो तहमा रहेका व्यक्तिहरु नै मिलेराँवादी चिन्तनबाट प्रभावित भएको अवस्थामा क्रान्ति अगाडि बढ्न सक्दैनथ्यो, त्यो बढेन पनि । यो प्रवृत्ति अगाडि नै एक्पोज भएको थियो भने त्यो राम्रो हुन्थ्यो । जे होस्, ढिलै भएपनि मालेमावादप्रति अविश्वास पैदा गर्दै मिलेराँवादलाई आजको माक्र्सवाद भन्दै नेपाली क्रान्ति र सर्वहारा वर्गलाई धोका दिएर नव–संसोधनवादमा पतन हुनुलाई जति भण्डाफोर गरेपनि अपुग नै हुन्छ । अझ सिद्धान्तले खान दिंदैन भनेर क्रान्तिकारी सिद्धान्तप्रति अनास्था पैदा गरेर सर्वहारा वर्गविरोधी वर्गको भाषा बोल्नेहरुलाई विचारको संज्ञा दिनुबाहेक के पो गर्न सकिन्छ र ?
अन्तमा, मिलेराँवादजस्तो प्राणघातक रोगको भयंकर ठूलो संक्रमणबाट बचेका सबै क्रान्तिकारीहरुलाई पुनः एकपटक लालसलाम ! साम्राज्यवादी, विस्तारवादी तथा सबै प्रकारका संशोधनवादी जीवित रहँदासम्म क्रान्तिकारी विचार, आदर्श सर्वहारावर्गीय क्रान्ति र सर्वहारालाई समाप्त बनाउन पटक पटक यसप्रकारका रोगहरु फैलिरहन्छन्, फैलाइरहन्छन् भन्ने कुरा सर्वहारा वर्गले बुझ्न आवश्यक छ । सबै प्रकारका रोगका संक्रमणबाट बच्न माक्र्सवाद, लेनिनवाद, माओवादको वैचारिक ज्ञान सिद्धान्त र चेतनाबाट आफूलाई लैस बनाऔं ।  वर्गपक्षधरता र वर्गसंघर्षप्रति प्रतिवद्ध रहँदै सर्वहारावर्गलाई एकढिक्का बनाऔं । त्याग, वीरता र वलिदानको इतिहास कायम राख्दै अगाडि बढ्न राष्ट्रिय भेला सफल पारौं !