हाम्रो निष्ठाको अविराम यात्रा

हाम्रो निष्ठाको अविराम यात्रा

Krishna-Senप्रिय पाठकवृन्द,
अहिले म तपाईंहरुसित केही वैयक्तिक र केही साहित्यिक भलाकुसारी गर्न लागिरहेको छु । कुराकानी भनौं वा भलाकुसारी भनौं आफै नै साहित्यिक र गैरसाहित्यिक त हु“दैनन् तर तिनलाई अनुभूतिको रस र अनुभवको र¨ भरेर त्यस्तो बनाउन अथवा नबनाउन भने सकिन्छ । भलाकुसारीको सुरुवात दुई वर्षअघिको त्यही घटनाबाट गरु“, जुन घटनाका कारण म मेरा प्रियजनहरुसित भौतिकरुपले अलग्याइएर चारपर्खालभित्र बन्दी बनाइए“ । आज म त्यस बन्दीगृहबाट फेरि मुक्त आकाशमुनि तपाईहरुकै बीचमा आइपुगेको छु र तपाईहरुले जस्तै खुल्ला तथा उन्मुक्त हावामा प्रफुल्ल भएर सास फेरिरहेको छु । वास्तवमा अग्लो चारपर्खालभित्रबाट निस्केर आए पनि  र सर्सर्ती नियाल्दा खुल्ला र पर्खालविहीन जस्तै देखिए पनि तपाई हामी बा“चेको यो बाहिरी परिवेशभित्रको जेलभन्दा कति खुल्ला र कति उन्मुक्त छ ? र, हाम्रा सुन्दर सपना र कल्पनाहरु यहा“ कति निर्वन्ध र कति स्वतन्त्र छन् ? मैले भनिरहनु भन्दा पनि तपाईहरु स्वयम्ले नै प्रत्यक्ष देखेर, भोगेर अनुभव गरिरहनु भएकै कुरा हो । म आज यस परिवेशको विस्तृत चर्चा गर्न चाहन्न । हाम्रो भौतिक संसार जति विशाल छ, हाम्रो अनुभव र अनुभूतिको आत्मिक संसार त्यसभन्दा अझ धेरै विशाल र व्यापक छ । ती सबैका बारेमा लेख्नुपर्ने कुराहरु पनि त्यत्तिकै धेरै छन् । तर प्रिय पाठकवृन्द † यतिखेर म खाली ती दुई वर्ष जुन हाम्रो विछोडका पीडामय वर्षहरु बन्न पुगे र यस अवधिमा एउटा आस्थाको बन्दीको रुपमा रह“दा मैले जे जस्ता अनुभव र अनुभूतिहरु गरें तिनका बारेमा केही कोरु“कोरु“ लागिरहेको छ । केही वैयक्तिक र केही साहित्यिक भलाकुसारीका रुपमा आफ्ना तिनै अनुभव र अनुभूतिहरुलाई यसपटक पोखू“पोखू“ लागिरहेको छ । त्यसैले यस भलाकुसारीमा केही वियोगको पीडा छ, केही मिलनको आनन्द छ । प्रिय पाठकवृन्दसितको केही हार्दिकता र प्रियजनहरुसितको केही रागात्मकता पनि छ ।

    कारागारभित्र बन्दी छ“दा भौतिक रुपले मैले आफूलाई कहिल्यै तपाईहरुदेखि टाढा पाइन । सधैं निकट पाइरहें, हावाको स्पर्शले तपाईंहरुको विश्वासको अनुभूति गराइरह्यो । घामको उज्यालोले तपाईंहरुको मुस्कानको आभाष दिलाइरह्यो । जसरी महान् यात्राका शिखर आरोहीहरुलाई तिनको यात्रामा देखापरेका कठीनभन्दा कठीन चुनौतिहरु पनि कहिल्यै वाधक बनेनन्, त्यसैगरी हामीबीचको चारपर्खाल पनि हाम्रा निम्ति कहिल्यै छेकवार बन्न सकेन । हामी हाम्रा कलमहरुमार्फत्, हामी हाम्रा सिर्जनाहरुमार्फत् शब्दमा अभियक्त हुने हाम्रा गहन भाव र विचारहरुमार्फत् निरन्तर एकापसमा भेट गरिरह्यौं । आफ्ना हार्दिकतापूर्ण सुन्दर भावना र कल्पनाहरुलाई आफ्ना सद्भाव र शुभकामनाहरुलाई एकापसमा साटासाट गरिरह्यौं । कारागारभित्रको नारकीय परिवेशमा पनि हाम्रा तिनै भाव र विचारहरु हाम्रो मधुर भेटका माध्यम बने, हाम्रो सानिध्यका, हाम्रो हार्दिकताका आत्मिक शक्ति बने, हाम्रो उच्च मनोबलका अनन्त उर्जा बने । हाम्रो त्यही उर्जाले नै हामीलाई प्रतिकूल परिस्थिति र कठीन चुनौतीहरुसंग पनि सिंगौरी खेल्ने आ“ट र साहस दिलायो, हामीलाई एकाकी जीवनको रुग्ण पीडा र निराशाबाट बचायो, हामीलाई धमिराले जस्तै भित्रभित्रै खाएर खोक्र्याउने निस्क्रियता र अकर्मण्यताको जंगलभित्र भट्किरहनबाट जोगायो । भित्र होस् अथवा बाहिर हामी जहा“ रहे पनि र हाम्रो भौतिक परिवेश केही भिन्न र केही फरक भए पनि हाम्रो त्यही भावनात्मक एकता र हार्दिकताले हामीलाई वैयक्तिक जीवनको कुण्ठा, पीडा र सन्तापबाट मुक्त पारेर हाम्रो सामूहिक जीवन र हाम्रो महान् साझा ध्येयप्रति सधैं अविचलित तुल्याइरह्यो । त्यसैले जेलभित्र रह“दा पनि हामी आस्थाका बन्दीहरु बाहिरी दुनिया“देखि कहिल्यै टाढा, उदासीन र अशक्त रहेनौं ।

    त्यतिखेर हाम्रो वर्गीय नाता र वैचारिक एकता नै हामीलाई एकापसमा जोड्ने सा“घु बन्यो । त्यही सा“घुले हामीभित्र सधैं समान अनुभूति र समान भावका संवेगहरु संचार गराइरह्यो । त्यसैको फल हो कतै खाराहरु जल्दा हाम्रो मन पनि कैयौं दिनसम्म आक्रोशको आगोले दन्किरह्यो, कतै लडाइ“का मोर्चाहरुमा योद्धाहरु ढल्दा धर्तीको माटो मात्र होइन हाम्रो छाती आ“शुको रगतले रक्तमुछेल बनिरह्यो, कतै चेलीहरु बलात्कृत हु“दा हाम्रो मुटु चाल्नो जस्तै छियाछिया भइरह्यो । अनि दुनैको खबर सुन्दा हाम्रो खुशीले विजयको सगरमाथा चुमिरह्यो, चुमिरह्यो । हामी स“गस“गै संकल्प गथ्र्यौं, मुठ्ठी कस्थ्यौं, शिखर चढ्थ्यौं र वर्गवैरीहरुका विरुद्ध मोर्चा कस्थ्यौं । कहा“ छुट्टियौं र तपाईं–हामी एक अर्कादेखि † हामीलाई हाम्रो प्रगाढ मैत्रीको डोरीले अटुट बा“धिरह्यो–बा“धिरह्यो  । हाम्रो यही वर्गीय नाता र वैचारिक एकताले नै हामीलाई यसरी दुःखका दुर्दिनहरुमा स“गस“गै दुःखित तुल्यायो, सुखका सुदिनहरुमा स“गस“गै हर्षित तुल्यायो र हामीलाई सधैं निकट र आत्मीय बनाइरह्यो । प्रिय पाठकवृन्द † मैले दुश्मनको पिञ्जराभित्र पनि आफूलाई कहिल्यै एक्लो र असहाय पाइन । तन कारागारभित्र बन्दी भए पनि मन चारपर्खाल काटेर, फलामे डण्डीको बार नाघेर तपाईंहरुस“गै जुलुशमा हिंडिरह्यो, नारा लाइरह्यो, मोर्चामा सामिल भइरह्यो । जब हामी आफूलाई व्यक्तिबाट समूहमा रुपान्तरण गर्छौं, ‘म’बाट ‘हामी’मा रुपान्तरण गर्छाैं, ‘मेरो’बाट ‘हाम्रो’मा रुपान्तरण गछौं, तब ‘निजी’ भन्ने केही पनि हु“दोरहेनछ हामीस“ग । त्यतिबेला बेपत्ता पारिएका एकलासको नितान्त एकांकी क्षणमा पनि एक्लो छु भन्ने लाग्दोरहेनछ । सूचना, सम्पर्क र सहकार्यबाट बञ्चित गरिएर प्रियजनदेखि टाढा, धेरै टाढा अनाम र अज्ञात शिविरहरुमा गुमनाम पारिंदा पनि कहिल्यै मन बेखबर बन्दोरहेनछ । गोलघरभित्र जंजीरहरुले बा“धिदा पनि युद्धको टे«ञ्चभित्र मोर्चा कसिरहे जस्तो मन झन् सबल र साहसी बन्दोरहेछ । न कठोर शारीरिक दण्डले गाल्न सक्दोरहेछ मन न त मानसिक यातनाको पराकाष्ठाले पगाल्न सक्दोरहेछ । दर्दमय क्षणहरु पनि संकल्पमय बन्दारहेछन् त्यतिखेर । सधैंभरि आ“खामा सल्बलाउ“दा रहेछन् महान् शहीदका विम्बहरु, त्याग र बलिदानको गौरवमय गाथाले मन रोमाञ्चित बन्दोरहेछ । सायद यसरी नै हु“दै जा“दोरहेछ हाम्रो आत्मिक रुपान्तरण, भावनात्मक रुपान्तरण र हामी ‘म’बाट ‘हामी’ मा फेरिंदै जा“दारहेछौं, हाम्रा निजी भाव र संवेदनाहरु सामूहिक भाव र संवेदनाहरुमा फेरिंदारहेछन् र, बल्ल हाम्रो साझा ध्येय नै हाम्रो निम्ति सर्वाेपरि हुन थाल्दोरहेछन् र हामी सामूहिक भावमा समाहित हुन पुग्दारहेछौं । यसरी मात्रै हामीले आफूलाई पनि बदल्न सक्ने रहेछौं । अनि महान् यात्राका सहभागीका रुपमा लामबद्ध हु“दारहेछौं । हामी आफूलाई नबदलीकन संसार फेर्ने महाअभियानको अग्निपरीक्षामा सफल उत्रन सक्ने रहेनछौं । यदि कुनै सूत्र छ वा हुन्छ भने व्यक्ति–मन र निजी जिन्दगीलाई सामूहिक भाव र सामूहिक जिन्दगीमा फेर्ने सूत्र यही हो जस्तो लाग्छ । यही त्यो सूत्र हो जसले हजारौं होइन, लाखौंलाख योद्धा र करोडौं जनतालाई एकैभाव र एउटै भविष्यको सूत्रमा बा“धेर एउटै लक्ष्यका निम्ति एकताबद्ध तुल्याउ“छ र यसरी नया“ जीवनमूल्य र नया“ सौन्दर्यदृष्टिको विशाल क्षितिज उघारिंदै जान थाल्छ ।

    प्रिय पाठकवृन्द, २२ महिनाको मेरो बन्दी जीवनका एकांकी क्षणहरुमा कापी, कलम र पुस्तकहरु नै मेरा घनिष्ट मित्र बने । तिनीहरुसितको मित्रताकै फल हो मैले भद्रगोलबाट तपाईंहरुलाई बन्दी र चन्द्रागिरि उपहार दिन सकें । सिरहा र राजविराज कारागारबाट फुटकर कविता तपाईंहरुलाई टक्र्याउ“न सकें । यसरी पुस्तकहरु नै मेरा प्रिय र आत्मीय बने ती दिनहरुमा । म पुस्तकहरुमै डुब्ने र रमाउने प्रयत्न गरें । अनि लेखन र सिर्जनका निम्ति समर्पित गरें आफूलाई । त्यो मेरो अभिरुचि तथा खालि समयको सदुपयोग गर्ने बाध्यता दुवै थियो । त्यस्तै घडीमा एकजना मित्रले सरकारी जागीरमा छ“दाछ“दै पनि वागलुङबाट आफ्ना दुइटा पुस्तकहरु मलाई सप्रेम उपहार पठाइदिनुभयो । सरकारी जागिरे मित्रबाट प्राप्त गैरसरकारी उपहारलाई मैले विर्सन सक्दिन । पुस्तकको प्रस¨ चल्दा दाङका दुईजना युवा कविहरु टीकाराम ‘उदासी’ तथा नवीन विभासले आ–आफ्ना कृतिहरु पठाइदिनुभएको मीठो सम्झना आलै छ । त्यसैगरी मलाई प्रत्यक्ष भेटेर पुस्तकहरु उपहार प्रदान गर्ने साहित्यिक मित्रहरु मातृका पोखरेल, पुण्य कार्की, नारायण ढकाल, जीवेन्द्रदेव गिरी तथा पत्रकार मित्र रामरिझन यादवहरु पनि यतिखेर कृतज्ञताका पात्रहरु हुनुहुन्छ । प्रत्यक्ष भेटघाट नभए पनि मलाई सधैं आफ्ना शुभेच्छाहरु प्रदान गरिरहने प्रिय पाठकहरु, तपाईहरुलाई भुल्नु पनि यतिखेर कृतघ्न बन्नु जस्तै हुनेछ, तपाईहरुको न्यानो माया नै मेरो प्रेरणाको अविरल स्रोत बनिरह्यो ।

    कलमको यो अंक सांस्कृतिक प्रतिरोध अंकको रुपमा प्रकाशित हु“दैछ । यतिखेर सा“स्कृतिक योद्धा एवम् शहीद मस्तबहादुर विष्टलगायत आफ्नो महान् जीवनको आहुति दिने देशभरिका सा“स्कृतिक योद्धाहरु र त्यसमा पनि अनेकोट र भावा¨मा सामूहिक हत्या गरिएका मातृभूमिका अमर सपुतहरुको गौरवपूर्ण सम्झना गर्नु र तिनीहरुप्रति उच्च आदर एवम् सम्मान प्रकट गर्नु हामी सबैको कर्तव्य हो । अनेकोटमा शहादत प्राप्त गर्ने अ.ने.ज.सां.संघका केन्द्रीय सदस्य च्याङ्वा लामालगायत सातजना र भावाङका एघारजना जनकलाकारहरु सधैं नै हाम्रा निम्ति प्रातः स्मरणीय रहनेछन् । जनमुक्तिको महायात्रामा जनकलाकारहरुको साहस, सौर्य, निष्ठा र वलिदानको पनि एउटा महागाथा कु“दिएको छ । त्यसलाई हाम्रा अमर कलाकारहरुले आफ्नो रगतको जलप थपेर अझ चम्किलो तुल्याएका छन् । वर्गबैरीहरुका विरुद्धको भीषण र निर्मम युद्धमा कहिल्यै पनि शिर झुकाएनन् तिनले, न त कहिल्यै खुट्टा कमाए । आज हाम्रो ह्दयको आकाशमा साहसका दिव्य नक्षत्र बनेर चम्किरहेका छन् ती । तिनको सम्झना मात्र पनि हाम्रा निम्ति अपूर्व प्रेरणाको स्रोत बनेको छ । हाम्रो ह्दय वर्गबैरीहरुका विरुद्ध अपार घृणा र वर्गबन्धुहरुप्रति अपार प्रेम र श्रद्धाले भरिन पुगेको छ । व्यक्तिको आत्मिक परिष्कार र मानसिक चेतनालाई धारिलो पार्दै सा“स्कृतिक क्रान्तिको अग्रगामी चेतनालाई पक्रेर हाम्रा महान् शहीदहरुले देखाएको आदर्श र हाम्रा अग्रजहरुले अंगीकार गरेको मार्गलाई कर्ममा अवलम्बन गर्नुभन्दा अर्काे विकल्प आज देशका सामु छैन ।

    प्रिय पाठकवृन्द † देश नै वगरेहरुको कसाइखाना बनेको यस घडी अझै कति गाउ“हरु अनेकोट बन्नेछन् र कति ठाउ“हरु खारा झैं जल्नेछन् केही भन्न सकिन्न । हिंसा–संस्कृति र उन्मत्त फासीवाद छाडा ढलीमली गर्दै मडराइरहेको यो जगजगीपूर्ण परिवेशमा फेरि कति रुकुमको रुकुमकोट र दैलेखका नौमुलेहरु दोहोरिरहनेछन्, त्यो पनि केही भन्न सकिन्न । त्यसैले यस महायात्रामा दर्शक हुन् या सहभागी प्रत्येकले केही न केही मूल्य त चुकाउनै पर्नेछ । र, प्रत्येकले आफ्नो भूमिका र जिम्मेदारी पनि पूरा गर्नै पर्नेछ । जेल त हामलाई भित्र पनि छ, बाहिर पनि छ । बहुसंख्यक जनताको सुन्दर, सुखद र समृद्ध संसारको उदय नभएसम्म हामी बा“चेको यो वर्गविभाजित विषम समाज नै सभ्य मानवका निम्ति महाजेल हो । त्यसैले तपाई, हामी जेल बस्नु र घर बस्नुका बीचमा तात्विक अन्तर नै के छ र ? मुख्य कुरा हाम्रो अटल ध्येय, निष्ठा र आस्थाको हो, हाम्रो अविचल महायात्राको हो । हामी जहा“ छौं, त्यहींबाट त्यस महायात्राका सहभागी बनौं, हामीस“ग जे छ त्यसैलाई हाम्रो लडाइ“को औजारमा फेरौं † नलडी जितिदैन, जित्नको लागि लड्नैपर्छ । तपाईंहरु नै भन्नुस् पाठकवृन्द † के बगेको नदी फेरि पछाडि फर्केको छ र ? हामी पनि पछाडि फर्कन सक्तैनौं । हो, हामी कदापि पछाडि फर्कन सक्तैनौं । हाम्रो निष्ठाको अविचल यात्रा जारी थियो, जारी छ र जारी नै रहनेछ । र, हामी अथक र अविराम अगाडि बढ्दै जानेछौं । 

कलम, वर्ष–९, अंक–२ बाट
(विचारोत्तेजक र भावोत्तेजक कवि इच्छुकको यो तत्कालीन समयको प्रतिनिधिमूलक आलेख हो । दशवर्षको जनयुद्ध, त्यसले लिएका महान लक्ष्य र आदर्शहरुलाई रछ्यानमा मिल्काएर निहीत स्वार्थका लागि नाङ्गै दौडने प्रवृत्तिको जगजगी बढिरहेको यो समयमा इच्छुकको यो आलेखले एउटा महान र ऐतिहासिक कालखण्डको सम्झना गराउने मात्र होइन, क्रान्तिकारी आस्था र निष्ठाको अविराम यात्रा जारी राख्ने ऊर्जा पनि प्रदान गर्दछ । यही हेतु यहाँ यो आलेखलाई प्रस्तुत गरिएको हो ।– सम्पादक)