पाँचथर, १७ असार । विद्यार्थीलाई कुटपीट गरेपछि पाँचथरको एक निजी विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर थर्पूस्थित साइनिङ् स्टार लोवर सेकेण्डरी इङ्लिस स्कुलका प्रिन्सिपल इश्वरीप्रसाद सापकोटा (आइ.पि.) रहेका छन् ।
उनले ताप्लेजुङ आम्वेगुदीन–९ घर भई सोहि स्कुलमा कक्षा २ मा आवाशिय रुपमा वसेर पढ्दै गरेका ८ वर्षका रचित विष्टलाई मंगलवार विहान ‘अक्षर’ नराम्रो भएको भन्दै ट्युसन कक्षामै निर्घात कुटपीट गरेका थिए । बालकलाई अक्षर (हेनराइटिङ्) राम्रो नभएको भन्दै विद्यार्थीहरुकै माझमा बाँसको लाठीले हातपाखुरा तथा खुट्टाका विभिन्न भागमा निलडाम हुनेगरी निर्धात कुटपीट भएको थियो ।
कुटपीटवाट घाइते भएका बालकलाई अरुलाई भनेमा पुनः कारबाही गर्ने भन्दै मानसिक यातना समेत दिएको र घटना भएको भोली पल्ट नदुख्ने मलम लगाएर फकाएको बालकका आफन्तले बताए ।
बच्चाले कुटाई खाएको भोली पल्ट अन्य अभिभावकवाट थाहा पाएर आएकी बच्चाकी आमा दिलमायाँ विष्ट अहिले कानुनी प्रकृयासहित बच्चाको उपचारको लागि फिदिम आएकी छन् ।
उनले आफुलाई सामान्य घटना भएको भन्दै कानुनी प्रकृया अघि नबढाउन केही राजनीतिक दलका नेता सहित केही कानुन व्यवसायीहरुले समेत दवाव दिएको वताइन् ।
कुटाइको कारण ज्वरोले थलिएको बच्चाको उपचार सहित कुटपीटमा सम्लग्न प्रिन्सिपललाई कानुनी कारवाहीको माग गर्दै उनले विहीवार नै जिल्ला प्रहरी कार्यालय पाँचथरमा निवेदन समेत गरेपछि विहीवार नै प्रिन्सिपल सापकोटालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रिन्सिपल आफैँले ‘गल्ति भयो, माफ दिनुस् बरु २ महिनाको स्कुलको शुल्क मिनाहा गरीदिन्छु’ भन्दै उम्कन खोजेको बालककी आमा दिलमायाले बताइन् । बच्चालाई कुटपीट गरेको निवेदन अनुसार सार्वजनिक अपराध मुद्धा अन्तर्गत म्याद थप गरी कानुनी कारवाही प्रकृया सुरु भएको प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।
प्रिन्सिपल आफैँले ‘गल्ति भयो, माफ दिनुस् बरु २ महिनाको स्कुलको शुल्क मिनाहा गरीदिन्छु’ भन्दै उम्कन खोजेको बालककी आमा दिलमायाले बताइन् । बच्चालाई कुटपीट गरेको निवेदन अनुसार सार्वजनिक अपराध मुद्धा अन्तर्गत म्याद थप गरी कानुनी कारवाही प्रकृया सुरु भएको प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।
बालमैत्री शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्नुपर्ने तथा दण्डरहित अध्यापन गरिनुपर्ने माग र बहस चलिरहेका बेला पाँचथरमा पटक–पटक यस प्रकारका घट्ना हुने गरेका छन् ।
बालबालिकको पक्षमा काम गर्ने जिम्मेवारी पाएका जिम्मेवार अधिकारीहरु नै उक्त मुद्दा मिलाउन राजनीतिक दलका नेताहरु र पीडकको पछि लागेको अधिकारकर्मीहरुको भनाई छ ।