सहमतिबाट नयाँ सरकार गठन गर्न दलहरू असफल, बहुमतीयको तयारी सुरु

सहमतिबाट नयाँ सरकार गठन गर्न दलहरू असफल, बहुमतीयको तयारी सुरु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकार मुख्य साझेदार माओवादी केन्द्रको अविश्वासको प्रस्तावका कारण ढलेपछि सुरु भएको सहमतीय सरकार निर्माणको प्रयास असफल भएको छ । Bidhya-bhandari-with-top-leader-768x464

राष्ट्रपति विद्या भण्डारीले सहमतीय सरकार निर्माणका लागि दिएको एक साताको समय आइतबार सकिन लागेपनि संसदवादी दलहरु सहमतिमा सरकार गठन गर्न असफल बनेका हुन् ।

आइतबार बिहान शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीलाई तीन दलका नेताले सहमतिमा सरकार गठन असम्भव भएको जानकारी गराएका हुन् । भेटका क्रममा उनले सहमतिका लागि दलहरुले गरिरहेको प्रयासको जानकारी लिदै सहमतिका साथ अघि बढ्न सुझाव दिएकी छन् ।

सहमतिको प्रक्रियाबाट प्रधानमन्त्री चयन असम्भव देखिएपछि संसद सचिवायलयले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनका लागि प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।