बस दुर्घटनामा पूर्व-राज्यमन्त्रीसहित ९ को मृत्यु

बस दुर्घटनामा पूर्व-राज्यमन्त्रीसहित ९ को मृत्यु

धनकुटा । तेह्रथुमबाट धनकुटा हुँदै धरान जादै गरेको यात्रुबाहक बस धनकुटामा पर्दा ९ जनाको घटनास्थलमा नै ज्यान गएको छ । आज अपरान्ह सवा १२ बजे बा २ ख ७३६६ नम्बरको बस सडकबाट करिब डेढ सय फिट तल खस्दा अन्य २ दर्जन भन्दा बढि यात्रु घाइते भएका छन् । बस धनकुटाको परेबादिन भन्ने स्थानबाट करिब दुईसय फिट तल खसेको थियो ।

moolbato-Dhankuta-Bus

दुर्घटनामा पूर्व अर्थ राज्य मन्त्री हरिराज खेवाको निधन भएको प्रहरीले जनाएको छ । हालसम्म उनको मात्रै सनाखत भएको र अन्य मृतकको सनाखत हुन बाँकी रहेको घटनस्थलमा रहेका प्रहरीले जानकारी दिए । अन्य मृतकहरुमा ४ पुरुष, ३ महिला र १ बच्चा रहेको प्रहरीले जनाएको छ ।
धनकुटाका प्रहरी प्रमुख एसपी विभुतीराज पाण्डेले प्रतिकूल मौसमका कारण उद्धारमा केही किठनाई उत्पन्न भएको जानकारी दिए । घटनास्थलमा सिधुवा प्रहरी, स्थानीयबासी र जिल्ला प्रहरी कार्यालयको टोलीले उद्धार गरेको थियो ।