केसीको माग पूरा गर्न संसदीय समितिको सरकारलाई निर्देशन

Govinda kcकाठमाडौं । अनसनरत डा. गोविन्द केसीले उठाएका माग तत्काल पूरा गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
सोमवार केसीको स्वास्थ्य अवस्था बुझेपनि संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले सरकारलाई निर्देशन दिएको हो ।

समितिको टोली त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा।केसीको अवस्था बुझ्न सोमबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेको थियो। केसीसँग पहिला अनसन बस्दा तीन पटक भएका सम्झौता तत्काल कार्यान्वयन गर्न र अहिले उठाएका मागलाई तत्काल सम्बोधन गर्न समितिले निर्देशन दिएको हो।

समिति सभापति सुशील श्रेष्ठ सहित ८ सदस्यीय टोलीले डा. केसीका माग र स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो।