ओई साथी ! बुकी जाने होइन ? रोल्पा, रुकुम र प्युठानका उत्तरी भेगका गाउंहरुमा भेडा पालन निकै गरिन्छ । वर्षा याममा घरआंगनमा प्रशस्त घांस हुने हुनाले भेंडीगोठहरु गाउंमा नै राखिन्छन् । तर हिंउद लागेपछि अग्ला लेकहरुमा भेंडा चराउन लाने गरिन्छ । यी लेकहरुमा भेडीगोठ बनाइएको हुन्छ । कतैकतै ठूल्ठूला ओढारहरु हुन्छन् । यी ओढारमा हजारौं भेंडाहरु अटाउन सक्छन् ।

ai bhya be
पश्चिमका यी पहाडहरु निकै रसिला र भरिला छन् । लेकको टुप्पामा पनि पानी पाइन्छ । हरियालीले भरिपूर्ण ती पहाडहरुमा भेंडाका लागि महिनौ पुग्ने घांसपात हुन्छ ।
बुकीमा भेंडा लैजानु एक उत्सव जस्तै हो । यो पर्व पनि हो । निकै खुशियाली ल्याउँछ, यसले । त्यसैले भनिन्छ पनि ‘वर्षा लाग्यो साइंली खेती र पाती, लाग्यो हिंउद माया र पिरती’ ।

हरियाली पाखापखेरीमा सेता भेडा बथानका बथान चरेका रमाइलो दृश्य निकै लोभलाग्दो हुन्छ । भेंडीगोठालाहरु भेंडालाई फर्काउंदा अथवा बोलाउंदा ‘आइं, आइं, भ्या बे’ भनी सम्बोधन गर्छन् । त्यसपछि भेडाका बथान गोसाहाले भनेको बाटोतिर लाग्छन् ।
ओई साथी ! बुकी जाने होइन त बुकी ?

प्रतिक्रिया

सम्बन्धित खवर