केसीको पक्षमा अमेरिकामा प्रदर्शन

केसीको पक्षमा अमेरिकामा प्रदर्शन

dr kc-support USAकाठमाडौं । बरिष्ठ चिकित्सक डा. गोबिन्द केसीको अनसनको विरुद्धमा काठमाडौंमै चिकित्सकहरुले प्रदर्शन गरिरहँदा अमेरिकामा रहेका नेपालीहरुले केसीको पक्षमा प्रदर्शन गरका छन् ।

चिकित्सा क्षेत्रका विसंगति अन्त्यको माग गर्दै केसी आठौं पटक आमरण अनसन बसेका छन् । भ्रष्टाचारको विरुद्धमा भएको केसीको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै अमेरिकाको बोस्टर्न क्षेत्रमा बस्ने नेपालीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुलाई अमेरिकीहरुले पनि साथ दिएका थिए ।

बोस्टन क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले हावर्ड स्क्वायरमा आइतबार साँझ ५ देखि ६ बजेसम्म केसीको समर्थनमा विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

डा. केसीले पछिल्लो पटक चिकित्सा क्षेत्रको सुधार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने लगायतको चार बुँदे माग अघि सारेका छन् ।