जर्मनीलाई हराउँदै फ्रान्स युरोकप फुटबलको फाइनलमा

जर्मनीलाई हराउँदै फ्रान्स युरोकप फुटबलको फाइनलमा

fra v ger-750
काठमाडौं । विश्वविजेता जर्मनीलाई हराउँदै आयोजक राष्ट्र फ्रान्स युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

शुक्रबार बिहान भएको खेलमा जर्मनीलाई २–० ले पराजित गर्दै फ्रान्स युरोकप फुटबलको फाइलनमा प्रवेश गरेको हो । गएको विश्वकप फुटवलमा जर्मनीसँग भएको हारको बदलासमेत लिएको छ ।

जितसँगै फ्रान्सले विश्वकपमा जर्मनीसँग व्यहोरेको हारको बदला समेत लिएको छ। 

पहिलो हाफको अन्तिम मिनेटमा फ्रान्सले पेनाल्टी पाएको थियो । पेनाल्टीमा एन्टोनी ग्रिजम्यान चुकेनन्। जर्मनीका कप्तान वाष्टिन स्वाइन्सटाइगरले डी एरियाभित्र हेन्ड गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो।

यस्तै खेलको ७२ औँ मिनेटमा ग्रिजम्यानले नै गोल गर्दै अग्रता दोब्बर पारे।

फ्रान्सले अब उपाधिका लागि पोर्चुगलको सामना गर्नेछ। पोर्चुगलले सेमिफाइनलमा वेल्सलाई २- ० ले नै पराजित गरेको थियो ।
पोर्चुगल र फ्रान्सको उपाधि भिडन्त आउँदो आइतबार हुनेछ।

france_fans_ap-750