एजेन्सी । पहिलो विश्वयुद्धको सबैभन्दा खतरनाक लडाई ‘बेटल अफ दि साम’ मा १० लाख भन्दा बढी सैनिक मारिएका थिए । पाँच महिनासम्म चलेको युद्धमा बेलायत र फ्रान्सका सेनाले जर्मनीका सेनाविरुद्ध युद्ध गरेका थिए । बेलायती सेना लडाईका लागि १ जुलाई १९१६ मा गएको थियो । यो बेलायती सेनाको इतिहासमा नै सबैभन्दा खुनी दिन थियो । यसमा ५७ हजार ४७० सैनिक हताहत भए ।
जनरल सर डगलस हेगले बेलायती सेनाको अगुवाई गरेका थिए । सेनामा केही स्वयंसेवक समेत थिए । उनीहरुले पश्चिमी मोर्चामा लडेका थिए । यो लडाईको एक साता पहिले बेलायती सेनाले जर्मनीका सेनामाथि तोपबाट हमला गरेका थिए भने केही विस्फोट गराएका थिए । यसमा होर्थन रिज समेत सामेल छ । तर सेल्टरहरुमा सुरक्षित भएका कारण जर्मन सेनातर्फ खासै क्षति हुन पाएन । तोपको आक्रमण रोएिकपछि मेसिनगनबाट लैस जर्मन सेना बाहिर निस्किए । उनीहरुले दुश्मन सेनामाथि गोलीको बर्षा गरे । यसबाट बेलायती र फ्रान्सेली सेनातर्फ ठूलो क्षति हुन पुग्यो । खराब संचार व्यवस्थाका कारण कमाण्डरलाई समेत युद्धका क्रममा कति क्षति भइरहेको छ भन्ने बारेमा थाहा हुन सकिरहेको थिएन । पहिले न्युफाउन्डल्यान्ड रेजिमेन्ट लगभग समाप्त हुन लागिसकेको थियो ।
युद्धबाट कुनै परिणाम नआएपछि हेगले यसलाई थकाउ युद्ध मानेका छन् । मेसिनगनबाट दुवै तर्फका सेनामा ठूलो क्षति भयो । बेलायती सेनालाई पहिले रणनीतिक सफल भयो । सो लडाई लड्का लागि जर्मन सेनालाई वरदुनमा फ्रेन्च सेनाका विरुद्धको पाँच महिनादेखि जारी लडाई रोक्नु परेको थियो । डिसेम्बर सम्म चलेको लडाईमा फ्रान्सेली सेना विजयी भएको थियो । बेलायती सेना १५ जुलाई देखि १४ सेप्टेम्बर सम्म लडेको युद्धका क्रममा ८२ हजार सैनिक मारिए तर उनीहरु केबल ९ सय मिटरमात्रै अघि बढेका थिए । गठबन्धन सेनाले १५ सेप्टेम्बरबाट आफ्नो अभियान तीव्र बनायो र जर्मन सेना पछि हट्न बाध्य भयो तर यसले कुनै परिणाम भने दिएन । अन्त्यमा १८ नोभेम्बरमा यो युद्ध रोकियो । जर्मन सेनाका विरुद्ध बेलायती र फ्रेन्च सेनाले धेरै थोरै अघि रहे । यसमा १० लाखभन्दा बढी मारिए । तर यो लडाईमा जर्मन सेना धेरै सिथिल बन्न पुग्यो र १९१८ मा मित्रराष्ट्रलाई मिलेको जितको एउटा कारण यो हो ।