काबुल। अफगानिस्तानको काबुल नजिकै प्रहरी चढेको सवारीमा तालिवान विद्रोहीहरुले विहीबार पुनः आत्मघाती विस्फोट गराएका छन् ।
आत्मघाती विस्फोटमा परि ४० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केही सर्वसाधारण पनि रहेका छन । तालिम सकेर दीक्षान्त समारोहबाट फर्कदै गर्दा उनीहरु चढेको सवारी साधनमा बिस्फोट गराइएको अफगान संचार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
आक्रमणको जिम्मा तालिबानले लिएको छ । एक साताअधि मात्रै तालिबानको आत्मघाती आक्रमणमा परि काबुुलमा रहेको क्यानेडाली राजदुताबासमा कार्यरत १३ नेपालीसहित १४ जनाको मृत्यु भएको थियो ।
उक्त घटनामा परि अन्य धेरै घाइते भएको पघमान जिल्लाका गभर्नर हाजी मोहम्मद मूसा खानले बताएका छन । (एजेन्सी)