baburam

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले योग–ध्यान अनिवार्य गर्दै प्रचारप्रसार गर्ने योग ध्यान विभाग नै गठन गरेको छ ।

मानसिक स्वास्थ्यका निम्ति योग तथा ध्यानलाई संगठनिक रूपमा नै प्रचार–प्रसार गर्ने स्वास्थ्य तथा योग साधना विभाग गठन गरिएको नयाँ शक्तिका संयोजक भट्टराईले बताए । पूर्व स्वास्थ्य सचिव डा. प्रविण मिश्रलाई उक्त विभागको जिम्मेवारी दिइएको छ ।

राजधानीमा बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा नयाँ शक्ति नेपालका संयोजक भट्टराईले मानसिक स्वास्थ्यका निम्ति योग ध्यान विभाग गठन गरिएको जानकारी दिए ।

‘योग ध्यान वा विपासना जस्ता कुरा शारीरिक तथा मानसिक स्वास्थ्यका फाइदाजनक हुने भट्टराईले बताए । विज्ञानले नै त्यसलाई प्रमाणित गरिसकेको उनले बताए ।

भट्टराईले आफू पनि योग अभ्यास गर्ने गरेको कुरा भन्दै सबैलाई योग अभ्यासका लागि अभिप्ररित गरिने बताए । उनले आफू पनि योग अभ्यास गर्ने उल्लेख गर्दै सुखासनमा बसेमा तनाव कम हुने बताए ।

विभागले विभिन्न कार्यक्रम तय गरेर योग ध्यानबारे प्रचारप्रसार गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर