नाजुक देशको सूचीमा नेपाल ३३ औं स्थानमा

नाजुक देशको सूचीमा नेपाल ३३ औं स्थानमा

nepal-flag-exlargeकाठमाडौं । अमेरिकी एक संस्थाले जारी गरेको नाजुक देशको सूचीमा नेपाल ३३ औं स्थानमा परेको छ।

पिस फन्डले आर्थिक, सामाजिक, राजनीतिक लगायत शीर्षकमा गरेको अध्ययनपछि जारी गर्ने सूचीमा नेपाल अघिल्लो वर्षभन्दा ६ अंकले खस्किएको हो। अघिल्लो वर्ष नेपाल ३६ औं स्थानमा थियो।

फन्डले १२ वटा सूचकांकमा गरेको अध्ययनमा १ सय २० अंकमा नेपालले ९२।२ अंक प्राप्त गरेको छ।

सूचकांकमा जनसंख्याको चाप, शरणार्थी तथा आन्तरिक विस्थापित, आर्थिक तथा गरिबीको अवस्था, मानवअधिकार, असमान विकास, वाह्य शक्तिको दबाबजस्ता विषय रहेका छन्।