नवलपरासी । अघिल्लो बर्ष हेटौडाबाट बर्दघाटसम्म विद्युत हाइटेन्सन लाइन जोड्ने क्रममा भएको वन फडानी गरेवापतको सट्टा भर्नामा जिल्ला वन कार्यालय नवलपरासीले कावासोतीमा गराएको नर्सरीमा डुप्लिकेशन गरिएको छ ।
जिल्ला वन कार्यालय नवलपरासीको सहयोगमा बनाइएको नर्सरीमा जिल्ला वन र कावासोती नगरपालिकाको वातावरणमैत्री बजेट गरी दोहोरो बजेट पारेर सामुदायिक वनले डुप्लिकेशन गरेको हो । नवलपरासीको कावासोती नगरपालिका ३ मा रहेको ज्योति कुञ्ज सामुदायिक वनमा सामुदायिक वनका अध्यक्ष, केही पदाधिकारी र कावासोती नगरपालिकाका कर्मचारीहरुको मिलेमतोमा यस्ता भएको हो ।
नवलपरासीको कावासोतीमा रहेको ज्योतीकुञ्ज सामुदायिक बनका अध्यक्ष र कावासोती नगरपालीकाको कर्मचारीले जिल्ला बन कार्यालय नवलपरासीले गरेको कार्य देखाई कावासोती नगरपालिकाबाट बजेट निकासा गरी हिनामिना गरेको खुलासा भएको छ ।
आर्थिक बर्ष २०७१/७२ मा जिल्ला बन कार्यलय नवलपरासीले ज्योतिकुञ्ज सामुदायिक वनमा जिल्ला वन कार्यालयको नर्सरी (बिरुवा उत्पादन) गर्ने केन्द्र खोल्ने कार्य गरेको र त्यही कार्यलाई देखाई कावासोती नगरपालिकाको आर्थिक बर्ष २०७१÷७२ को बाताबरण मैत्री कार्यक्रम अन्र्तगतको २ लाख रुपैयाँ बजेट निकाली आर्थिक दुरुपयोग गरेका हुन् ।
जिल्ला वन कार्यालय नवलपरासीले उक्त क्षेत्रमा लगातार दुई बर्षदेखि नर्सरी बनाउंदै आएको छ । जिल्ला बन कार्यलय नवलपरासीको अनुसार उक्त्त क्षेत्रमा नर्सरी (बिरुवा उत्पादन) केन्द्र बनाउन र तारबार गरि नर्सरी तयार गर्नका लागि पछिल्लो आर्थिक बर्षमा ४ लाख रुपैया खर्च गरेको छ ।
कावासोती नगरपालिकाको वातावरणमैत्री कार्यक्रम शिर्षकको २ लाख रुपैयाँ वातावरण अधिकृत संगिता सुवेदी र योजना शाखा प्रमुख विनोद अर्यालको मिलेमतोमा उक्त्त रकम ज्योतिकुञ्ज सामुदायिक वनको अध्यक्ष रामबहादुर हमाल सहित केही सदस्यहरुले हिनामीना गरेको ज्योतिकुञ्ज सामुदायिक बनका एक सदस्यले आरोप लगाएका छन् ।
कावासोती नगरपालिकाको कार्यकारी अधिकृत हरीलाल पुरीले वातावरण कार्यक्रम प्रमुख संगिता सुबेदीको सिफारिसमा उक्त्त २ लाख रुपैयाँ नर्सरी (बिरुवा उत्पादन ) केन्द्र बनाउन दिएको जनाएको छन् ।
कावासोती नगरपालिकाको २०७२ असार ३० को मितिको पत्रमा “कावासोती ३ स्थित ज्योतिकुञ्ज सामुदायिक वनमा नर्सरी निर्माणको लागि यस कावासोती नगरपालिकाबाट ईएफएलजीपी कार्यक्रम अन्तरगत दुई लाख मात्र विनियोजन भएको र हाल ला. ई अनुसार कार्य सम्पन्न भएकोले कार्य मूल्यांकन भुक्तानीको लागि निर्णयार्थ पेश गर्दछु ।” भनेर उल्लेख गरिएको छ । उक्त टिप्पणी र आदेश पत्रमा अनुमगन तथा मूल्यांकन अधिकृत संगीता सुवेदीले हस्ताक्षर गरेकी छन् भने तत्कालिन कार्यकारी अधिकृत कृष्णप्रसाद पन्थीले स्वीकृत दिएका छन् ।
पत्र काटिएको मिति र स्वीकृत मिति हेर्दा आर्थिक बर्षको अन्त्यमा बजेट फ्रिज हुन नदिनका लागि मात्र हतारमा बजेट विनियोजन गरेको देखिन्छ । पन्थी २२ चैत्र २०७२ देखि १२ असोज २०७२ सम्म करिब ६ महिना कार्यकारी अधिकृतको रुपमा रहेका थिए ।
इलाका बन कार्यलय कावासोतीका प्रमुख कृष्णप्रसाद देबकोटाले उक्त नर्सरी जिल्ला वन कार्यलयको रहेको र तारबार साथै बोटबिरुवा समेत जिल्ला बनको लगानीमा गरिएको जनाए ।
ज्योतिकुञ्ज सामुदायिक वनका अध्यक्ष हमालले उक्त्त रकम तारबार र बिरुवा रोप्न प्रयोग गरेको जनाएको छन् । नगरपालिकाको वातावरणमैत्री कार्यक्रम प्रमुख संगिता सुबेदी आफनो काम पैसा बाड्ने भएको र अनुगमन गर्ने कार्य नगरपालिकाको योजना प्रमुख बिनोद अर्यालको रहेको बताएकी छिन् । तर योजना प्रमुख बिनोद अर्यालले भने बाताबरणमैत्री कार्यक्रमको बजेट भएकोले आफुलाई कुनै सरोकार नहुने बताएका छन् ।
यता ज्योतिकुञ्ज सामुदायीक बनका अध्यक्ष रामबहादुर हमालले नगरपालिका कार्यलयबाट कुनै नर्सरी (बिरुवा उत्पादन) गर्ने भनि पैसा नलगेको उक्त्त रकम तारबार र बिरुवा रोप्न भनि लगेको जनाएका छन् । साथै उनले रकम हिनामिना समेत नगरेको जनाएका छन् ।
अध्यक्ष हमाललाई नगरपालीकाबाट ल्याएको पैसा खोई भनि प्रश्न गर्दा कुनै जवाफ नदिएको समितिका एक सदस्यले जनाए । कावासोती नगरपालीकामा उक्त्त रकम तारबार र बिरुवा रोपेको भनि रकम फस्र्योट गरेको छ जुन कावासोती नगरपालिकाको बाताबरण अधिकृत संगिता सुबेदीले नर्सरी निर्माणको लागी दिएको आदेश बिपरित पनि रहेको छ ।
नगरपालिकाको योजना प्रमुख बिनोद अर्यालले उक्त्त ज्योतिकुञ्ज सामुदायिक बनले काम गरेको विवरण ल्यापछि मात्र रकम दिएको बताएका छन् । तर उक्त्त सामुदायिक बनले गरेको भनिएको कार्य जिल्ला बन कार्यलयले निमार्ण गरेको नर्सरी (बिरुवा उत्पादन) केन्द्र हो । स्थानीय बिकास मन्त्रालयका बाताबरण कार्यक्रम प्रमुख (उप–सचिब)चक्रपाणि शर्माले यदि अन्य सस्थाले काम गरेको कार्य देखाई रकम दिने , अनुगमन गर्ने र रकम लिनेहरुलाई नियम बमोजिम कारवाही हुने बताएका छन् ।
कावासोती नगरपालीकाको कार्यकारी अधिकृत हरीलाल पुरीले भने यस बिषयमा आफुले अख्तियार आए मात्र जबाफ दिने बताएका छन् । उनले यस्तो कानुन बिपरित कार्य आफनो कार्यकालमा नभएको र यदी बनले गरेको कार्य देखाई नगरपालिकाको रकम लगेको हो भने उक्त्त दोषिहरुलाई कारबाही गनुपर्ने जनाएका छन् ।