कृषिमन्त्री गजुरेलले गमलामा धान रोपेपछि …..

कृषिमन्त्री गजुरेलले गमलामा धान रोपेपछि …..

dhan ropdai haribol

काठमाडौं । नेकपा माओवादी केन्द्र सम्बद्ध पत्रकार खिलबहादुर भण्डारीले कृषिमन्त्री हरिबोल गजुरेलले असार १५ मा आयोजित एक कार्यक्रममा गमलामा धान रोपेपछि पागलपनाको संज्ञा दिँदै सामाजिक सञ्जाल फेसबुकका स्टाटस लेखे ।
केही समयअघि एक चलचित्र हेरेर फर्किने क्रममा सञ्चारकर्मीसामु ड्वाँड्वाँती रोएर चर्चामा आएका कृषिमन्त्री गजुरेल माओवादी केन्द्रकै नेता पनि हुन् ।

कृषि अनुन्धान परिषद (नार्क)मा बुधबार आयोजित एक कार्यक्रममा सोफामाथि राखिएको गमलामा मन्त्री गजुरेलले धान रोपेको दृष्य बुधबार सामाजिक सञ्जालहरुमा भाइरल नै बन्यो ।

गत वर्ष पूर्व कृषिमन्त्री हरिप्रसाद पराजुली असार १५ मा धान रोपाइँ कार्यक्रममा महिलालाई समातेर बदनामी कमाएका थिए । बुधबार कृषिमन्त्री गजुरेलले भने धान रोपाई कार्यक्रममा सहभागी नभए पनि एक कार्यक्रममा गमलामा धान रोपेपछि सामाजिक सञ्जालहरुमा मन्त्रीको कृषि क्रान्तिको संज्ञा दिइएको छ ।

khila status

आफ्नै पार्टीका पत्रकार भण्डारीले मन्त्री गजुरेललाई आफ्नो स्टाटसमा लेखेका छन्– ‘यस्ता पनि कृषिमन्त्री, त्यसमाथि माओवादी केन्द्रका, यतिखेर माओ ज्यूँदै भा भए, यिनलाई लगेर झुण्ड्याउने । पागलपनको पराकाष्ठा ।’

मन्त्री गजुरेलको आलोचना गर्ने पत्रकार भण्डारी मात्र होइन, अन्य माओवादी कार्यकर्ताहरुले नै हाँसीमजाक गरी उडाउने काम गरेका छन् । चलचित्रमा गाई मरेको दृष्य देखेर ड्वाँड्वाँती रोएर नाटक गरेजस्तै गमलामा धान रोपेर नौटंकी गरेको भन्दै मन्त्री गजुरेलको चौतर्फी आलोचना भएको छ ।