धान खेतमा चारतारा र कालो चश्मा

धान खेतमा चारतारा र कालो चश्मा

dhan-1 ramchandra poudel-4काठमाडौं । कृषिप्रधान देश नेपालका किसानले असार १५ लाई धान दिवसका रुपमा मनाउने गर्छन् । किसानहरुले मनाउने धान दिवसका दिन मन्त्रीदेखि राजनीतिक दलका नेताहरु राजधानी आसपासका खेतमा हिलो खेल्न जाने गर्छन् ।

गएको असार १५ मा पूर्व कृषिमन्त्री हरिप्रसाद पराजुलीले धानखेतमै हिलो खेल्ने क्रममा महिलालाई समातेर बदनामी कमाएका थिए । सोही कारण उनले मन्त्रीबाटै राजिनामा दिने स्थिति सिर्जना भएको थियो ।

कृषि मन्त्री तथा नवगठित नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भने असार १५ को सन्दर्भमा आयोजित कुनै पनि धान रोपाईँ कार्यक्रममा सहभागी भएनन् । बरु उनले कृषि अनुन्धान परिषद (नार्क)मा आयोजित एक कार्यक्रममा सोफामाथि राखिएको गमलामा धान रोपेर चर्चा बटुले । उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले नौटंकीको संज्ञा दिए भने कतिपयले खेतमा बदनामी हुने डरले धान रोप्ने कार्यक्रममा नगएको भन्दै आलोचना गरेका छन् ।

dhan-1 ramchandra poudelयता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पनि असार १५ को अवसरमा काभ्रेको नालामा धान रोपाईँ कार्यक्रममा सहभागी भए । हातमा कोदाली बोकेर हिलोमा पस्दै गर्दा कांग्रेसका अन्य नेता कार्यकर्ताहरु कालोचश्मा मा हिलोमा देखिए ।

खेतमा चारतारा झण्डा फहराउँदै कांग्रेस नेता कार्यकर्ताको रमिता भने वास्तविक किसानहरुले वरपरबाट नियालीरहेका देखिन्थे ।

dhan-1 ramchandra poudel-2

dhan-1 ramchandra poudel-3