नेपाली काँग्रेसद्वारा व्यवस्थापिका संसदको बैठक अवरुद्ध

नेपाली काँग्रेसद्वारा व्यवस्थापिका संसदको बैठक अवरुद्ध

nepal-parliament-protest BICCकाठमाडौं । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले व्यवस्थापिका संसदको बैठक अवरुद्ध गरेको छ ।

भूकम्पपछि पुनर्निर्माणको काम प्रभावकारी नभएको भन्दै नेपाली काँग्रेसले संसद बैठक अवरुद्ध गरेको हो । काँग्रेसको अवरोधपछि संसद बैठक भोलि विहान ११ बजे सम्मका लागि स्थगित भएको छ ।

संसदको बिहीबार बसेको बैठकमा कांग्रेस नेता प्रकाशशरण महतले बोल्दै भूकम्प पीडितको राहत वितरण प्रभावकारी नभएको र पुर्ननिर्माण कार्य अघि बढ्न नसकेको भन्दै ध्यानाकर्षण गराएका थिए ।

आफूहरुले संसदमा आवाज उठाएको नौ दिन भएको र सभामुखले रुलिङ गरेको तीन दिन हुँदा पनि सरकारबाट जवाफ नआएको भन्दै उनले संसद चल्न नदिने बताएका थिए । महतले बोलेपछि काँग्रेस सांसदहरुले बैठक अवरोध गरेका थिए ।