प्रस्तुती देबकि बिष्ट

राती ९ बजे फोनको घण्टी बज्यो एउटा बहिनी हस्पतालमा छ । जसरी नि त्यो नानीलाई रेस्क्यू गर्नु पर्यो । सजिलो छैन । एकदमै बिचार पुर्याउनु पर्छ भन्यो । उनी त्यही बहिनी थिइन् । जसको बारेमा मैले बैशाखको महिनामा उनको बारेमा थाहा पाएकी थिए । मेरो दिमागमा केही आएन मेरो धर्म र कर्मले हुन्छ भन्यो । मैले राती ९ः३० मा हाम्रो हिमाल खबरका सम्पादकलाई  फोन गरे । उठेन र म्यासेज गरे सर म भोली बिहान  बुवाबाट नै ८ वर्ष देखी बलत्कृत हुदै आएकी युवती अस्पतालमा जीवन मरणको दोसादमा छ । म रिर्पोटिङ प्लस रेस्क्यूमा जादै छु भनेर जानकारी गराए । केही बेर पछि हुन्छ भनेर जवाफ आयो । रातभरी कसरी जाने ? के गर्ने भनेर सोचीरहे ।
           भदौ ९ गते बिहान ६ बजे म मेरो स्कुटर र क्यामेरा लिएर हिडे । धुलीखेल अस्पतालको अवस्था अनुसार  ७ बजे भित्र पुगेर त्यो बहिनीलाई भेटी सक्नु पर्ने थियो ।  धुलीखेल अस्पतालमा पुगे । जनरल वार्डमा थिइन् । हल्का आकाशी रङ्गको गाउन लगाएर बेहोस भएर बेडमा सिमा (नाम परिर्वतन) पल्टीरहेक थिइन् । मैले उनको नाम अरु बिरामीका कुरुवालाई सोध्दा उनी हतारले बिउझिएर मलाई हेरीन् । उनको कुरूवा आमा थिइन् । जो एक छिन बाहिर निस्केकी थिइन् । मैले बहिनी तिमी नडराउ म तिमीलाई के भएको हो ? वास्तवीक कुरा बुझ्न आएकी हुँ भने । उनी डराईन । तिमी नडराउ । तिम्रो बारेमा बुझ्न आएको हो । तिमीलाई यहाँबाट लिन आएको भन्दा । “उनले मलाई हात जोडेर मलाई बचाउनुस् । मलाई यदी बचाएन भने म फेरी मर्छु । जसरी हुन्छ यहाँबाट निकाल्नुस् भनीन् तर उनले जे अस्पतालको बेडबाट भन्दै थिइन् ” । त्यो प्रमाण मैले जुटाउनु थियो । उनी श्वास रोकी रोकी बोल्दै थिइन् । त्यत्तीकैमा उनकी आमा आइन् । मनमा चसक्क पनि भयो तर मैले अली ठुलो स्वरमा सिमा कि आमा रिता (नाम परिर्वतन) तपाई नै हो भनेर सोधे । उनले हो भनीन् । म इन्सपेक्टर दिप्ती बिष्ट। प्रहरी कार्यालय काठमाण्डौबाट आएको भनेर परिचय दिए । बाध्यता थियो । त्यहाको परिस्थती हेरेर त्यो परिचय दिन उपयुक्त ठाने । तपाईको छोरीले विष सेवन गरेको रहेछ । त्यही कारण पत्ता लगाउन आएको । तपाई एक छिन बाहिर जानूस् । मलाई बयान लिनु छ भने । ऊ डराएर बाहिर गइन् । फेरी सविना डराएको स्वरमा काप्दै भनिन् ।
                              “ मलाई त्यो पात्की (बुवा) ले पटक पटक बलत्कार गर्यो । मलाई बुवा भन्ने मन लाग्दैन । पात्तकी भन्छु । घरमा दुई वहिनी र एक भाई मध्ये म जेठी हुँ । म कक्षा ६ मा पढ्दा मलाई हजुरबुवा इन्द्र बहादुर कार्र्कीले बलत्कार गुर्न भयो तिन पटक (यो घटना बाहिर आएपछि विष सेवन गरेर आत्महत्या गरीसकेकाछन् ) त्यो बेला सानी थिए । पिडा हुन्थ्यो । रगत बग्यो तर पनि केही थाहा भएन हजूर बुवाले अस्पताल लग्यो निको भयो ।  आमाले केही भन्नु भएन । पछि ठुली भए । कक्षा ९ मा बढ्दै थिए । बुवा मकाउबाट घर आए । बुवाले पहिले देखि मलाई चुम्पी गर्ने शरिर चलाउने, अंगालो हाल्ने गर्नुहुन्थ्यो । मैले चाहि बुवाले माया गर्नु भएको होला भन्थे । मम्मी फुपुलाई हेर्न अस्पताल गएको गएको रात पनि उसले मलाई चलाउने चुम्पी गर्न काम गरिरहेको थियो । त्यही बेला आफ्नो कोठामा टिभि हेर्न बोलायो । म बहिनीहरुलाई लिएर टिभि हेर्न गएँ । त्यसको केही समयपछि उनीहरु कोठामा गएर सुते । एक्लै भएको बेला उसले मलाई पहिले हात समात्यो त्यसपछि आफुमाथी राख्यो र अनी सुतायो । त्यसपछि म झसंग भए र भने के गर्नु थाल्नु भयो ? के भयो भनेर भने । उसले केही होइन चुप लाग भन्यो । त्यो बेला मलाई कस्तो भयो कस्तो  । मैले म सुत्न जान्छु भने उसले चुप लाग एक छिन हो केही हुदैन भन्यो । मेरो हात जोडले समात्यो । मैले नाइ नाई भने उसले मेरो मुख थुन्यो, हात बाँधिदियो, मेरो खुट्टालाई उसको खुट्टाले च्याप्यो । मेरो तल लगाएको कपडा खोलिदियो । फेरी हात फुकाएर माथीको कपडा पनि खोलिदियो । मलाई पहिलो पटक जवरजस्ती बलात्कार गरयो । ” यसपछि संसारमा नभोगिएका दुःख शुरु भए । पटक पटक बलत्कार हुदाका पिडा न भन्न सके न भाग्न सके । उसको डर धम्की र त्रासले मैले केही आवाज उठाउन सकिन ।
अती नै हुन थाले पछि मलाई  त्यो घरको भित्ता भित्ताले पनि पोल्न थाल्यो । ३० साउनमा पिडा सहन नसकेर धुलीखेलको जंगलमा गएर मेटासिड खाएँ । धुलीखेल अस्पतालमा ३ दिन सम्म आईसियूमा राखे पछि होस खुलेको हो । विष सेवन गर्नु अघि डायरी लेखे ‘हजूर बुवा र बुवाको श्रीमती हुनुभन्दा मर्नु वेस’ । मलाई सबै समाजले नराम्रो भन्ला । बाजे र बुवालाई आरोप लगाई भन्लान् तर म मरे पछि मेरो डिएन ए टेस्ट गराएपछि सबै कुरा छर्लङ्ग हुन्छ भनेर लेखेकी थिएँ । पछि घटना स्थलमा रहेको २,३ जना स्थानियले त्यो डायरी पाएछन् र बुवा प्रकाशले त्यो डायरी च्यातेर फ्याके छन् ।
 
मैले म सुत्न जान्छु भने उसले चुप लाग एक छिन हो केही हुदैन भन्यो । मेरो हात जोडले समात्यो । मैले नाइ नाई भने उसले मेरो मुख थुन्यो, हात बाँधिदियो, मेरो खुट्टालाई उसको खुट्टाले च्याप्यो । मेरो तल लगाएको कपडा खोलिदियो । फेरी हात फुकाएर माथीको कपडा पनि खोलिदियो । मलाई पहिलो पटक जवरजस्ती बलात्कार गरयो ।

                   यत्ती कुरा मलाई सुनाउदै गर्दा मैले मोवाइमा आवाज र भिडियो रेकर्ड गरिसकेकी थिए । त्यत्तीकैमा उनकी आमाले फोन गरेर आफन्तलाई बोलाई सकेकी रहीछन् । मैले सिमाको हात सुमसुमाए र बाहिर गए । पछि डक्टरसँग कुरा गर्दा पनि उनले बयानमा त्यही भनेकी थिइन् । जुन रिपोर्ट सिमाको बुवाले पैसाको लोभ देखाएर जसरी भएपनि अस्पतालबाट गायव गर्न खोजिरहेको थाहा पाए । म बाहिर गए  । मेरो पछि सिमाकी आमाले बोलाएको केटा पछ्याउदै थियो । स्कुटर निकाले । त्यो मान्छे पछि पछि आयो । त्यसले बाइक निकाल्दा । म अगाडी गएर दुईबटा रोकिएको बस स्थानमा गएर छेकिए ।   सविनाका सबै प्रमाण जुटाएर धुलीखेल प्रहरी कार्यालय जाने क्रममा बजारमा कान्तिपुरमा पत्रकार मनोज बस्नेत भेटेपछि सबै कुरा सुनाए र धुलीखेल प्रहरी चौकीमा एसपी अरुण बिसिलाई  भेट्यौ ।  उता धुलीखेल अस्पतालमा महिला प्रहरीले बयान लियो भनेर सिमाको बुवाको सातो उडीसकेको थियो । प्रहरीलाई सबै कुरा सुनाएर प्रमाण छ भन्दा पनि एक भयका बिचमा सिमालाई अस्पतालबाट रेस्कूय गरेर पह्री कार्यालयमा उसको बुवालाई पक्रेर ल्याउन तयार भयो ।
एसपि अरुण बिसि (अहिले सरुवा भैसकेको) र डिएसपि जनक भट्राईलाई सबै प्रमाण सुनाएपछि मात्र उनीहरु सविनालाई अस्पतालबाट रेस्कूय गरेर प्रहरी कार्यालय मगाए । डर थियो बयान बदलेर प्रहरी र पत्रकारलाई बिचमा फसाउने तर त्यसो भएन । संस्थाको रुपमा जिम्मा लगाउने मैले चिनेको रक्षा नेपालकी अध्यक्ष मेनु थापाको रहोभरमा छोड्ने कुरा भयो । मेनुका थापालाई फोन गरेपछि वहाँ बडा जिम्मेवारीपूर्वक ३ घण्टा भित्र धुलीखेल पुग्नु भयो । जिम्मा लगाउनु अघी महिला प्रहरी सई सापले बयान लिनु भयो ।
बयानमा तिम्रो बुवाले कहिले बलत्कार गर्नुभयो ?
कसरी गर्नुभयो ?
कस्तो अवस्था गर्नुभयो ?
तिमीले किन भनेनौ ?
उसले खुट्टा कहाँ राखेको थियो
लगायतका विभिन्न प्रश्नहरु सोधियो । महिला प्रहरीलाई यस्ता प्रश्नहरु सोध्नु स्वभाविक थियो तर ति उत्तर दिने १९ वर्षिया सिमाका लागि अझै आगोमा घ्यू थप्नुु थियो । मसँग प्रहरीका लागि घटना स्थलमा बरामद सिमाकोे मोवाइलमा रेर्कडिङ्ग आवाज र अरु प्रमाण कारण सजिलो भए तापनि पत्रकारका सामु बयान लिन्छौ भन्दै प्रह्रीले बयान लिएको थियो । उसले भोगेका कुरा पुनः त्यसरी सुनाइ रहदा सिमाको पटक पटक गला अवरूद्ध भइरहेको थियो । कोही छोरी आफ्नो बुवाले बलत्कार गरेको कुरा बनावटी कसरी भन्न सक्छ । उसले मलाई यस्तो गर्यो भनेर सुनाइरहदा भदौ १९ गते बुवाको मुख हेर्ने दिन थियो । त्यसदिन बुवा हुने सबै छोरी मिठाई, फलफुल लगेर बुवाको मुख हेर्न गइरहेका थिए तर उनी बुवाको विरूद्ध बयान दिइरहेकी थिइन् ।

                          ति बलत्कारी बुवा प्रकाश कार्की जेलमा छन् तर पनि उनी डराई रहेकी हुन्छन् । अझै त्यो छुट्छ कि भनेर । अहिले सिमा रक्षा नेपालको आश्रयमा छिन् । उनले आमा ,बुवा सबै गुमाईन् त्यो पिडा मनमा छ तर पनि आफुले पाएको पिडा बहिनीहरुले पनि पाएकी भन्ने पिरले मन पोली रहेको हुन्छ । उनको नागरिकतामा आफुलाई बलत्कार गर्ने बुवाको नाम छ । उनी त्यो नागरिकता हेर्दा चिच्याउछीन् । बेहास् हुन्छीन् । भन्छीन् ‘मेरो नागरिकताबाट यसको नाम हटाइदिनुस् । म यो नामबाट आफ्ना पहिचान बनाउन चहादिन’ । जुन अहिलेको अवस्थामा नाम परिर्वतन गर्न सम्भव छैन । सिमाको डाक्टर बन्ने सपना छ ।
यस्तै अर्को घटना २०६८ साल चैत्तमा एसएलसी परिक्षा दिन आएका बेला बैतडीको पाटनमा सागर भट्ट र अमर अवस्थीबाट सामुहीक बलत्कारमा परेकी शर्मिला (नाम परिर्वतन) को बयान सुन्दा पनि कहाली लाग्यो । बैतडीमा पढ्दा इन्जिनियर बन्ने सपना देखेकी शर्मिलाको सपना चैत्रको महिनाको हुरीले लग्यो । उनले पनि बुवाबाट बलत्कारमा परेकी सविना झै प्रहरी चौकीमा बयान दिइन तर आफ्नो न्यायका लागि लडेर २०६९ साल फागुनमा बैतडी जिल्ला अदालतले अभियुक्तलाई १३–१३ वर्ष कैद र रु ५०–५० हजार जरिवानाको फैसला गर्यो । न्याय पाएको एक वर्ष सम्म पनि शर्मिला त्यो घटनाले राती चिच्याउने , छटपटिने र केटा मान्छे देख्ने बित्तिकै डराउने र गाली गर्थिन । विस्तारै उनी काउन्सीलिङको उपचारद्वारा ठिक भइन् ।
              अहिले तेक्वान्दो खेल्छीन् आफ्नो रक्षा आफै गर्ने भएकी छिन् । उनले कोरियाको मुजु शहरमा २०–२५ असारमा आयोजित आठौं विश्व तेक्वान्दो कल्चरल एक्स्पो–२०१४ मा स्वर्ण पदक जितिन् । शर्मिला पनि गैर–सरकारी संस्था रक्षा, नेपालमा अश्रित छिन् । शर्मिलाले फस्ट डिभिजनमा एस एल सी पास पनि गरिन तर बलत्कार गर्ने सागर भट्ट र अमर अवस्थी जेलबाट मुक्त भएर खुला आकाशमा घुमीरहेको सुने पछि उनको न्याय पाएको खुशी धेरै लामो समय टिकेन । २०७१ साल बैशाख १५ गते न्यायधिसले खाएको घुसका कारण दोषी द्ववयले अदालतबाट सफाई पाए । अध्यारो रातमा उज्यालो दियो बालेर हिडिरहेकी शर्मिला भन्छीन् “ तिनीहरुलाई सरकारले छोडे पनि म मार्छु । मलाई अध्यारोको दुनियामा धकेलेर तिनीहरुलाई खुला आकाशमा घुमाउने अधिकार कसले दियो ?भन्दै न्यायधिसलाई प्रश्न गर्न चहान्छु ”आक्रोश पोख्दै थिइन् ।
२०७० साल बैशाख महिनामा उनी मात्र नेपालको पहिलो साहसी किशोरी हुन् जो आफु बलत्कारमा परेर पनि अक्कुपाइ बालुवाटार अभियानमा ‘ ए सरकार बलत्कारीलाई फाँसीको सजाय दे ’ भन्दै नारा लगाउदै मैले भेटेकी ।
           यस्ता धेरै बलत्कारका घटनाहरु छन् । कोही हाड नाताबाट, कोही आफन्तबाट, कोही सामुहीक बलत्कारमा भने कोही सडकमा बलत्कृत भएका महिलाहरु । यस्ता धेरै कारुणिक पिडाहरु छन् । जुन शव्दमा उर्तादा आँखाबाट आँसु झर्छन् । कम्प्यूटरमा लेख्दा कि बोर्डका बटनहरु थिच्न पनि औलाहरु चल्दैनन् । यस्ता समाचार लेख्दा र फोटो खिच्दा लाग्छ कहिले लेख्न नपरोस् । कहिले यि निर्दोष मुहारका फोटो खिच्न नपरोस् तर पनि लेख्नै पर्छ । खिच्नै पर्छ ।
                       बिहिबार कानून मन्त्री नरहरी आचार्यले बलत्कार सम्बन्धी मुलुकी ऐनमा परिर्वतन गर्ने प्रस्ताव संसदमा पेश गरेको समाचार जता त्यत्तै चर्चा भइरह्यो । बलत्कारका घटना दिन प्रति दिन बढ्दै गएको छ । बलत्कारका घटना सम्बन्धमा मुलुकी ऐनमा रहेको सजाय थोरै भयो भनेर र फास्ट ट्रयाकका  बारेमा पिडित तथा अधिकारकर्मीहरुको लडाई चलिरहेको बेला मुलुकी ऐनमा भएको २० वर्ष भन्दा माथिका महिलालाई बलत्कार गर्नेलाई ५ देखी ७ वर्ष कैद गरिनु पर्छ भन्नेमा मन्त्री आचार्य १८ वर्ष भन्दा माथिका महिला बलत्कार गर्नेलाई ४ वर्ष देखि ७ वर्षको कैद गुर्नपर्छ भन्छन् । सामुहीक बलात्कारी, अशक्त वा अपाङ्ग महिलालाई  बलत्कार गर्र्नेलाई थप ५ वर्ष कैद गुर्न पर्छ भन्नेमा थप ३ वर्ष मात्र कैद गर्नुपर्छ भन्छन् । 
सोध्न चहान्छु मन्त्री ज्यू तपाईले बलत्कृत महिलालाई कहिले भेट्नु भएको छ ? बलत्कारको पिडाले गाँउबाट लखेटिएर शहरको भिडमा लुक्न आएका ति किशोरी र महिलाको बेदना सुन्नु भएको छ ? ति आमा, बुवाले छोरी बलत्कार हुदा पनि इज्जतको डरले आँसु लुकाएर बसेको छटपटी महसुश गर्नु भएको छ ? एउटी शव्द विहिन महिला सडकमा बलत्कृत हुदाँ आँखा र हातको इशाराले बटुवाहरुलाई आफ्नो पिडा पोख्दै गरेको देख्नु भएको छ ? एउटी महिला बलत्कृत भएर न्याय माग्दा समाजमा चरित्रहिनको बिल्ला लगाइ दिएपछि आत्महत्या गरेकी महिला देख्नु भएको छ ? एउटा बलत्कृत महिलाबाट जन्मेको सन्तान जब नागरिकताको पहिचान खोज्न जादा उसले पाएको पिडा देख्नु भएको छ ?
इज्जत तपाईको छोरीको होस् वा समान्य परिवारको छोरीको इज्जत एउटै हुन्छ । बलत्कार भन्ने कुरा मान्छे पिच्छे फरक हुदैन । बलत्कार बलत्कार नै हुन्छ । दिल्लीमा २०७० सालमा बसमा भएको सामुहीक बलत्कारको घटनामा ज्यान गुमाएकी एक चेलीको बेदनाले पुरै भारत हल्लीएर ति बलत्कारीलाई फास्ट ट्रयाकबाट फाँसीको सजाय दिइयो । कि भोली यस्ता घटना नदोहोरियोस् भनेर तर हाम्रो देशमा भएको कानूनको सजाय पनि घटाएर के प्रमाणित गर्न खोज्नु भएको हो ? बलत्कार दैनिक भइरहोस् ? बलत्कारी मैले बलत्कार गरे भन्दै खुला आकाशमा घुमीरहोस् ? प्रहरीले कस्ले गर्यो ? कसरी गर्यो जस्ता बयान लिइराखोस् ? पत्रकारले यस्ता समाचार पहिलो पृष्ठमा छापिराखोस् ? तपाईहरुले त्यो पत्रिका पढेर च्व च्व गर्दै बलत्कारीहरुलाई बचाउन तपाईहरुले झोला भर्न पाइराखोस् ? र खै कहाँ गए ति महिलाका अधिकारका लागि आवाज उठाउनेहरु ?
                      मन्त्री ज्यू नेपाली भाषा विज्ञानमा स्नातकोत्तर गरेर विज्ञानका रसायनहरु कानूनमा जोड घटाउ नगर्नुस् । कानूनमन्त्री बनेर नेपालको मुलुकी ऐनलाई रसायनहरुमा उल्टो मिश्रण गरेर कानूनका ऐनहरु विष्फोट नगराउनुस् । सपार्न सक्नु हुन्न भने विगार्ने पनि काम नगरि दिनुस् । दैनिक जसो बलत्कारका घटना सार्वजनिक भैइरहेको बेला, पिडितले न्यायका लागि तड्पीरहेका बेला तपाईले संसदमा गरेको पेश बलत्कार सम्बन्धी मुलुकी ऐन पास भएमा  पछि तपाई जनताका सामु कसरी पेश हुने  हो ? जनताले पनि सोच्नु पर्छ । सत्ता र शक्ती सधै एकै ठाँउमा रहदैन । यो सधै टिकाइ रहन धेरै कसरत गर्नु पर्छ ।

 

फोटो पत्रकार बिष्टको ब्लग www.farwesternchhori.blogspot.com बाट

प्रतिक्रिया

सम्बन्धित खवर