झर्रोटर्रो : पुँजीवादको विकास

नेपालमा पुँजीवादको विकास भा’ छ । किन भा’छैन ? एकदम जब्बर रूपले पुँजीवादको विकास भा’छ । केही केही मनुवाले नेपालमा पुँजीवादको विकास भा’छैन भनेर भन्चन् । त्यो विल्कुल वाइह्यात कुरो हो । एकथरी कम्निसहर्ले पुँजीवादको विकास भा’छैन, सामन्तवादका हाडखोर अझै ज्युँदै छन् भनेर करान्ती गर्न पर्च भनेर लागेकै छन् । करान्ती पूरा भा’छैन भन्चन् । […]

मूर्दा घाटको यात्री

स्वाभिमानको मेरो यात्रामा बाध्यताको काँढेतार लगाउने धृष्टता नगर मेरो नवीन विहानीप्रतिको अगाध आस्थामाथि धेरै गद्दारी र दलालीका फलामे साङ्गलाहरु नफाल मेरो महासागर तर्ने अनगिन्ति सपनाहरुमाथि धेरै जाल र बल्छीहरु नफाल एकदिन तिमीले फालेको बल्छीमा परेर तिमी आफै न्यायको कठघरामा फलामे साङलाले बाँधिने छौ अनि त्यस बखत, तिमीले बिछ्याएका काँढे तार र खडा गरेका पर्खालहरु बन्ने […]

मेरो कान्छो अमर फर्केन

सर्वहारावादी पार्टी र तिनको नजिकको मोर्चा, सङ्घसंस्थाहरूका हरेक सभासम्मेलन, मिटिङ, बैठक सुरु हुनुअगाडि देश र जनताको मुक्तिका खातिर प्राणको आहुति दिने महान् शहीदहरूको सम्झनामा एक मिनेट मौनधारण गर्नु कम्युनिष्ट क्रान्तिकारीहरूको अनिवार्य शर्त र नैतिक संस्कारभित्र पर्ने कुरा हो । हिजोआज मौनधारणको बेला शहीदहरूलाई सम्झिँदा म पहिलो नम्बरमा खुम्चेको धमिलो टोपी लगाएको हेर्दै निम्नवर्गको बालक भनेर […]

प्रलेस बहिष्कार र नयाँ मोर्चा निर्माणबारे

भर्खरै प्रलेसको एघारौँ राष्ट्रिय सम्मेलन सकिएको छ । सो सङ्गठनबाट प्रगतिवादी धाराको मुख्य हिस्सा र सो सम्वद्ध केही स्वतन्त्र लेखकहरूको एउटा हिस्सा अलग्गिएको छ । अहिले उक्त प्रलेसमा सरकारी कम्युनिस्ट पार्टी सम्वद्ध केही लेखक साहित्यकार, केही सङ्गठनात्मक कार्यकर्ता (अलेखक)हरू र सरकारी पक्षको पेरिफेरिमा फन्को मारेको कम्युनिस्ट घटकको मात्र संलग्नता छ । यसरी हेर्दा सारतत्वमा पहिले […]

समय

नव वर्षको शुभकामना दिने लर्को छ शुभकामना लिने पनि लर्को छ समय सन्दर्भ छ कि छैन आफू त्यसमा पर्छ कि पर्दैन आफै कन्फ्युज छ मिलाउन खोज्छु मिल्दै मिल्दैन दुसदको जन्म दुसदको मरण समस्या जटिल छ यता फर्के’नि नहुने उता फर्के’नि नहुने दिन दाहाडै देखिन्छ कोल्टे फेरेको के खोज्छस् कानो समयको बर्वाद घटनाक्रम साक्षी छ एक […]

स्मृतिको रक्तिम पानामा कमरेड गमबहादुर मोक्तान ‘पहाड’

अहिले यतिबेला म कमरेड गमबहादुर मोक्तान ‘पहाड’ को क्रान्तिकारी जीवन, जहाँ उहाँ सबै परीक्षाहरूमा विशिष्ट श्रेणीमा उत्तीर्ण हुनुभयो, को स्मरण गरिरहेको छु । उहाँ नेपाली क्रान्तिको एक होनहार व्यक्तित्व हुनुहुन्थ्यो । यस पटक उहाँको क्रान्तिकारी निष्ठा र योगदानसहित उहाँको संक्षिप्त जीवनीका केही हरफ कोर्ने जमर्को गरेको छु । कमरेड गमबहादुर मोक्तान ‘पहाड’को नाम उच्चारण गर्दा […]

जनादेश

  ए शासकहरु हो ! तिमीलाई देश दुख्छ भने कालापानी, लिपुलेक र लिम्पियाधुरामा मलम लगाऊ तिमीलाई देश चहराउँछ भने पुनर्बास, महलिसागर र खुर्दलोटनबाँधको उपचार गर तिमीलाई राष्ट्रिय स्वाधीनताको पीडा छ भने विस्तारवादी नाङ्गो हस्तक्षेपका विरुद्ध लड तिमीलाई जनताप्रति समवेदना छ भने सुन कान खोलेर सुन उनका आर्तनाद कथा र ब्यथा सुन अनि राष्ट्र र जनताप्रति […]

शहीद शारदालाई सम्झँदा

इतिहासका गर्भमा धेरै कुराहरू बिलीन भएर गए, धेरै आफन्तहरू गए । धेरै परिचितहरू गए, अपरिचितहरू त कति गए कति ? मायामोहका कारण आफन्तहरू र परिचितहरूको सम्झना भने लामो समयसम्म बसिरहँदो रहेछ । बेला बखत ती आफन्त र परिचितहरूको सम्झना हुँदा मुटु गाँठो परेर आउँछ । नमिठो पीडाले मनलाई छुन्छ र आँखाका डिलडिलबाट आँशु पोखिन खोज्छन् […]

प्रलेसबारे केही कुरा

मूलबाटोमा अर्को प्रलेस गठनको तयारी भन्ने समाचार प्रकाशित भयो । उक्त समाचारले केही तरङ्ग ल्यायो । विशेषतः सो समाचारले सत्तापक्षका साथीहरु र प्रलेसका बहालवाला साथीहरुमा केही भ्रम पर्यो र साथीहरु उत्तेजित पनि हुनुभयो । मूलबाटोलाई भ्रमपूर्ण र कपोलकल्पित समाचार छाप्यो भन्ने प्रतिक्रिया पनि दिए साथीहरूले । कतिपयले व्यङ्ग्य शैलीमा र कतिपयले सोझै टिप्पणी गरे । […]

क्रान्तिकारी लेखक-साहित्यकारहरु छुट्टै प्रलेस निर्माणको तयारीमा

काठमाडौं । अखिल नेपाल जनसाँस्कृतिक महासंघको केन्द्रीय समितिको बैठक शुक्रबार सम्पन्न भएको छ । महासंघका अध्यक्ष इश्वरचन्द्र ज्ञवालीको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न बैठकले समसामयिक साँस्कृतिक विषयहरुमा व्यापक छलफल गरी महत्वपूर्ण निष्कर्ष निकालेको छ । बैठकले वर्तमान राज्यसत्ताले निश्चित राजनीतिक दलमाथि लगाएको प्रतिबन्ध फासिवादी शैलीको भएकोले र गणतन्त्रमा पनि विचारको निषेध गरिएको हुँदा त्यसको तीव्र विरोध […]