बाँझिएका खेतबारी खन्नु जोत्नु कैले
पिँढीमाथि भित्तो उप्क्यो टाल्नु पोत्नु कैले
पर्देशमा बज्रँदो छ खन्ने जोत्ने हात
यता खान्छ नेपालीले बेसाएको भात
श्रमलाई नेपालमै फर्काउने कैले
दलालीको भेललाई तर्काउने कैले
छैन तिम्रो घोषणामा योजनाको खाका
कैल्यै छैन ननाघेको छली तिम्रो भाका
कुरो फेर्न सिपालु छौ के भनौला भोलि
भोगेकै हो ठेगानको छैन तिम्रो बोली
चुनावमा फलाक्तछौ सम्झँदैनौ नत्र
‘ऊ’ पुछेर फाल तिम्रा घोषणाका पत्र





























