सार्कको शिखर सम्मेलन निर्धारित मितिमा नै गर्न नेपालको प्रस्ताव

काठमाडौं । नेपालले सार्क शिखर सम्मेलन निर्धारित मितिमा नै गर्न आग्रह गरेको छ । सार्कको अध्यक्ष राष्ट्र नेपालले सार्कको १९ औं शिखर सम्मलन निर्धारित मितिमा नै गर्नका लागि सार्क सदस्य राष्ट्रलाई सहभागिता सुनिश्चितताको लागि आग्रह गरेको हो । भारत, बंगलादेश, भुटान र अफगानिस्तानले पाकिस्तानमा हुने सार्क सम्मेलनमा सहभागी हुन नसक्ने जानकारी गराएपछि सार्कको वर्तमान अध्यक्ष […]

लोकदोहोरीको अध्यक्षमा बद्री पंगेनी निर्वाचित

काठमाडौं । ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’को अध्यक्षमा लोकगायक बद्री पंगेनी निर्वाचित भएका छन् । प्रतिष्ठानको काठमाडौंमा सम्पन्न छैठौं महाधिवेशनबाट पंगेनी अध्यक्षमा निर्वाचित भएका हुन् । विष्णु खत्री भन्दा ३८० बढी मतले पंगेनी विजयी भएका हुन् । पंगेनीले ८८८ मत ल्याएका थिए भने खत्रीले ५०८ मत पाए । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा रमेश बिजी, […]

काठमाडौंको लुम्बिनी गेष्ट हाउसमा महिलाको हत्या

काठमाडौं । काठमाडौंको भोटेबहालस्थित लुम्बिनी गेष्ट हाउसमा एक महिलाको हत्या भएको छ । काठमाडौं महानगरपालिका–२२ भोटेबहालस्थित लुम्बिनी गेष्ट हाउसमा दोलखा वावरे–९ घर भएकी ४८ वर्षीया राधिका थापाको हत्या गरेको अवस्थामा शव फेला परेको छ । राधिका सोमबार विहानदेखि सो गेष्ट हाउसमा एक पुरुषका साथमा बस्दै आएकी थिइन् । कोठा बुक गरी बसेकोमा थापालाई उनले लगाएको […]

वैद्य माअाेवादीले सुरू गर्याे जुवा कब्जा अभियान

११ असोज, दैलेख । नेकपा (क्रान्तिकारी माओवादी) ले जिल्लामा जुवा कब्जा अभियान सुरू गरेको छ । दशैं तथा तिहारको समयमा रक्सी र जुवाले गाउँमा विकृति ल्याउने भएकाले रक्सी तथा जुवा नियन्त्रण अभियान चलाएको क्रान्तिकारी माओवादी दैलेखले जनाएको छ । ‘दशैं तथा तिहारमा मानिसहरूले जुवा खेलेर घर परिवारको उठिबास लाग्ने भएकाले जुवा नियन्त्रणा अभियान सुरू गरेका हौँ’ […]

पार्किङ गरिएको गाडीको सिसा फुटाएर २५ लाख चोरी

विराटनगर । विराटनगरमा पार्किङ गरिराखेको गाडीबाट २५ लाख रुपैयाँ चोरी भएको छ । तेह्रथुमस्थित माउन्ट मकालु बैंको को १ त ८०१९ नम्बरको गाडी बुधहाटस्थित बी–प्लट भवनको छेउको पार्किङ स्थलमा रोकी राखिएको अवस्थामा सिसा फुटाएर सो रकम चोरी भएको हो । तेह्रथुमको माउन्ट मकालु डेभलपमेन्ट बैंकबाट आएका कर्मचारीले विराटनगरस्थित माछापुच्छे बैंकबाट रकम साटेर स्थानमा गाडी पार्किङ […]

धादिङ बस दुर्घटनामा १९ जनाको मृत्यु, १६ जनाको सनाखत

काठमाडौं । धादिङको लपाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ। घटनास्थलमै १८ को मृत्यु भएको हो। ती मध्ये १६ जनाको सनाखत भएको छ। बस दुर्घटनामा परी बस बस चालक गोरखा तान्द्राङ ९ का गंगाविर विश्वकर्माको पनि घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, दुर्घटनामा मृत्यु भएका मार्पाक ५ का कमल पौडेल, […]

संसदमा प्रधानमन्त्रीमाथि ओलीको व्यंग्यः भारतसँग सम्बन्ध सुध्रियो भनेर रमाइलो गर्ने !

काठमाडौं । व्यवस्थापिका संसदको प्रमुख विपक्षी दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रधानमन्त्रीको भारतसँगको सम्बन्ध सुध्रियो भन्ने भनाईप्रति व्यंग्य गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँगको सम्बन्ध सप्रियो भनेर दिएको अभिव्यक्ति प्रति कहाँ र के सप्रियो भन्दै प्रश्न गरे । संसद बैठकमा विशेष समय लिएर बोल्दै ओलीले प्रधानमन्त्री भएलगतै दाहालले नेपाल–भारत […]

धादिङमा फेरि अर्को बस दुर्घटना, ६ जनाको मृत्यु

धादिङ । धादिङको उत्तरी क्षेत्रमा पर्ने मार्पाकमा एउटा यात्रुबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । सदरमुकामबाट किन्ताङफेदीतर्फ जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस स्थानीय लपाङ चौतारा नजिकै दुर्घटनामा हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । दुर्घटनाको […]

कोरियामा गम्भीर दुर्घटनामा परेका नेपाली युवाको अपील : ‘मलाई बचाउनुस्’

कोरिया । इपिएस प्रणालीद्वारा रोजगारीका लागि तीनमहिना अघिमात्र कोरिया आएका नेपाली युवा मटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएपछि कोरियाको हस्पिटलमा उपचार गरिरहेका दुधौली–१, सिन्धुलीका २६ वर्षे ओमबहादुर कार्कीले आफ्नो जीवन रक्षाका लागि अपील गरेका छन् । मोक्पो कार्यक्षेत्र रहेका कार्की तीनसाता अघि किनमेल गरेर मोटरसाइकलमा कम्पनी फर्कने क्रममा कारको ठक्करबाट गम्भीर दुर्घटनामा परेका थिए । […]

पूर्वमन्त्री घिमिरेको खोजी गर्न सम्भव सबै उपाय अबलम्बन गर्न निर्देशन

चितवन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले त्रिशुली नदीमा बेपत्ता भएका पूर्वगृह तथा परराष्ट्रमन्त्री एवम पूर्वमुख्यसचिव माधव घिमिरेको खोजीका लागि सम्भव सबै उपाय अबलम्बन गर्न निर्देशन दिएका छन् । मन्त्री लेखकले बेपत्ता घिमिरे र उनका दुई जना भाईहरुको खोजीका लागि स्थानीय प्रशासनलाई तिव्रता दिन निर्देशन दिएका हुन् । मन्त्री लेखक सोमबार विहान घिमिरे दुर्घटनामा […]