क्रान्तिकारी माओवादी नवलपुरद्वारा संबिधान जलाइयो

प्रकाशित मिति : २०७७ आश्विन ४

नवलपरासी – नेकपा क्रान्तिकारी माओवादी नवलपुरले प्रतिगामी संबिधान जलाएको छ ।कावासोतीमा बिरोध कार्यक्रम गरी माओवादीले संबिधान जलाएको छ ।

माओवादीले संसदीय ब्यवस्थाको भण्डारफोर गर्दै संबिधान प्रतिगामी रहेको बताउदै आएको छ । कावासोतीको पञ्चकञ्या चोकमा एक कार्यक्रम गरी नेपालको संविधानको प्रतिलिपि जलाएको हो ।

संविधानको प्रतिलिपि जलाएपछि माओवादी नेता कार्यकर्ताहरुले दलाल संसदीय ब्यवस्था मुर्दावाद भन्दै नारावाजी गरेका थिए ।
त्यस्तै पश्चिम नवलपरासीमा मधेशीवादी दलहरुले संबिधान दिवसलाई कालो दिवसका रुपमा मनाएका छन् । त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीले बर्दघाटमा कार्यक्रम गरी संबिधानको बिरोध गरेको छ ।