क. चन्द्रा थानीको निधनले पार्टी, महिला मुक्ति आन्दोलन र क्रान्तिकारी साहित्य सिर्जनामा ठुलो क्षति : क्रान्तिकारी माओवादी

प्रकाशित मिति : २०७७ भाद्र २९

काठमाडौ । नेकपा (क्रान्तिकारी माओवादी) का पार्टी प्रवक्ता प्रतीकले एक वक्तव्य जारी गरी कमरेड चन्द्रा थानीको निधनले पार्टी, महिला मुक्ति आन्दोलन र क्रान्तिकारी साहित्य सिर्जनामा ठुलो क्षति पुगेको जनाएको छ । क. थानीको यही २०७७ भदौ २८ गते मेडिसिटी अस्पतालमा निधन भएको थियो । नेकपा (क्रान्तिकारी माओवादी)की कर्णाली प्रदेश समिति सदस्य कमरेड थानी कलेजोको रोगले पीडित हुनुहुन्थ्यो । उहाँ एकजना सक्रिय महिला नेतृत्वका साथै क्रान्तिकारी सहित्यसर्जक समेत हुनुहुन्थ्यो ।
भदौं २९ गते जारी वक्तव्यमा भनिएको छ, “उहाँको निधनले पार्टी, महिला मुक्ति आन्दोलन र क्रान्तिकारी साहित्य सिर्जनामा ठुलो क्षति पुगेको छ । उहाँका श्रीमान् कमरेड चक्रपाणी शर्मा पार्टीको पोलिट्ब्यूरो सदस्य तथा कर्णाली प्रदेश पार्टी इञ्चार्ज हुनुहुन्छ र उहाँका तीन छोरी र एक छोरा छन् । यस दुःखद घडीमा हाम्रो पार्टी कमरेड चन्द्रा थानीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।”