देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलद्धारा प्रेश वक्तव्यमार्फत क. चन्द्राकुमारी थानीको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण

प्रकाशित मिति : २०७७ भाद्र २९

भाद्र २९ काठमान्डौ

देशभक्त जनगणतान्त्रिक मोर्चा केन्द्रीय सदस्य, नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रीय सहसचिव, इच्छुक साँस्कृतिक प्रतिष्ठानकी कार्यकारी सदस्य क. चन्द्राकुमारी थानीको हिजो २०७७ भदौ २८ गते अपराह्न उपचारकै क्रममा निधन भएको छ र उहाँको निधनले देशले एक जना इमानदार वामपन्थी महिला नेता गुमाएको छ भन्दै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलद्धारा प्रेश वक्तव्यमार्फत उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु भएकोछ, जसको पुरा पाठ तल दिइएकोछ ः

हार्दिक श्रद्धाञ्जली

कर्णाली प्रदेश, सुर्खेत जिल्ला निवासी श्रीमती चन्द्राकुमारी थानीको हिजो २०७७ भदौ २८ गते अपराह्न उपचारकै क्रममा ६० वर्षको उमेरमा काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको घटनाले हामी अत्यन्त मर्माहत भएका छौं । देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सचिवालय सदस्य र सुपरिचित वामपन्थी नेता क.चक्रपाणि शर्माकी जीवनसंगिनी थानी आफैंले पनि नेपालको वामपन्थी आन्दोलनमा महत्वपूर्ण स्थान बनाउनु भएको छ । २०३५÷०३६ सालमा क्रान्तिकारी विद्यार्थी आन्दोलनबाट वामपन्थी राजनीतिमा प्रवेश गर्नुभएकी उहाँ निरन्तर सक्रिय रहनुभएकै कारण हाम्रो संगठनकी केन्द्रीय सदस्य, नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय सहसचिव, इच्छुक साँस्कृतिक प्रतिष्ठानकी कार्यकारी सदस्य बन्नु भयो । उहाँ साहित्यकारका रुपमा पनि परिचित हुनुहुन्छ । यसप्रकार, उहाँको निधनले देशले एक जना इमानदार वामपन्थी महिला नेता गुमाएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । यो शोकको घडीमा क.चक्रपाणि शर्मा, उहाँका एक छोरा, तीन छोरीलगायतसम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।

सी.पी. गजुरेल
अध्यक्ष

मिति ः २०७७।०५।२९