ट्रम्पद्वारा आफू रसियाको हस्तक्षेपका कारण विजय भएको स्वीकार

  काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले घुमाउरो रुपमा आफू रसियाको हस्तक्षेपका करण निर्वाचित भएको स्वीकार गरेका छन् । संयुक्त राष्ट्र संघको महासभापछिको सुरक्षा बैठकका क्रममा आगामी नोभम्बरमा अमेरिकामा हुन रहेका चुनावहरुमा चिनियाँ चासो रहेको भन्दै उनले उक्त कुरा स्वीकार गरेका हुन् । उनका अनुसार नोभेम्बरका हुने अमेरिकी चुनावहरु चीनको चासोका कारण प्रभावित हुनजाने छन् । […]

फकाउन सके उत्तर कोरियालाई अर्को ‘जापान’ वा ‘ताइवान’ बनाउने अमेरिकी रणनीति

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एशियाली देशहरुका विरुद्ध रोष प्रकट गर्दै आफ्नो सम्बोधन भाषण सिध्याए । यसका साथै अमेरिका पहिलेको भन्दा बढी सुरक्षित र समृद्ध रहेको पनि बताए । तर यो सुन्ने बित्तिकै महासभाहलमा हाँसोको फोहरा छुटेको थियो । महासभाको संबोधनमा उत्तर कोरियासँगको वार्तालाई निकै महत्वका साथ प्रचार गरे ट्रम्पले । […]

मालदिभ्समा पकड कसको ? चीनको या भारतको ?

काठमाडौं । मालदिभ्समा राष्ट्रपतिय निर्वाचनको मत गणना जारी छ । तर हालसम्मको मत गणनाअनुसार विपक्षी नेता इब्राहिम मोहमद सोलिहले आफूले गणना भएको मतको आधारमा विजय हुने दाबी गरेका छन् । उनका समर्थकहरु सडकमा विजय प्रदर्शन मनाउन निस्किएका जस्तो भावमा देखिन थालेका छन् । वर्तमान राष्ट्रपति यामिनको मत कम आएको भनिएको छ । तर निर्वाचन आयोगले […]

आगोसँग नजिस्कन रुस–चीनको चेतावनी

चीनलाई लक्षित गरी पहिलो पटक अमेरिकाले नाकाबन्दी लगाएपछि चीनले अमेरिकालाई आगोसँग नजिस्कन शुक्रवार चेतावनी दिएको छ । यदि यो चेतावनीको बेवास्ता गरेमा अमेरिकाले यसको परिणाम भोग्नु पर्ने पनि बताइएको छ । अमेरिकाले चीन र चिनियाँ सैनिकका नाममा गरेको नाकाबन्दी रुसी नाकाबन्दीको विषयसँग जोडेर गरिएको हो । तर यो नाकाबन्दी चीनका लागि भने पहिलो पटक हो […]

चीन–अमेरिका सैन्य रगंमञ्चतिर सोझिदै

काठमाडौँ । अमेरिकाले चिनियाँ सेनामाथि प्रतिबन्ध लगाएको घोषणा गरेको छ । चिनियाँ सेनाले मस्कोबाट अत्याधुनिक हातहतियारहरु किन्ने भनी निर्णय गरे लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घोषणा गरेका हुन् । अमेरिकाको यो घोषणापछि चीन–अमेरिकाको व्यापार युद्ध अब व्यापारिक सीमारेखा नाघेर सैन्य रंगमञ्चमा प्रवेश गरेको छ । अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसले हस्क्षेप गरेको भनी व्यापक रुपमा […]

संभव छ होला इमरान खानको मितव्ययी शासन ?

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खान मितव्ययिताको कुरालाई प्राथमिकतामा राखेर आफ्नो कार्य सम्पादनमा लागेका छन् । भ्रष्टाचारमुक्त समाजको निर्माण उनको परिकल्पना हो । यसैलाई उनले हरेक पक्षहरुमा अपनाउन निर्देशन पनि गर्दै आएका छन् । तथापि बजेटको अभावसंग जुधिरहेको पाकिस्तानी सरकार खानको यो कठिनाइपूर्ण बाटोमा कसरी अघि बढ्न सक्ला ? यो चर्चाको विषय भएको छ । […]

बंगलादेशलाई भारी अन्तरले हरायो अफगानिस्तानले 

काठमाडौं, असोज ५ । जारी एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले निकै उत्कृष्ट प्रदर्शन गर्दै समूह बीको विजेता बनेको छ । बिहीबार राति भएको खेलमा अफगानिस्तानले बंगलादेशलाई १३६ रनको फराकिलो जित दर्ता गर्दै नसोचेको नजिता हात पारेको हो । अफगानिस्तानले यसअघिको खेलमा पनि श्रीलंकामाथि ९१ रनको जित हात पारेको थियो ।   आबुधावीस्थित शेख जायद स्टेडियममा […]

जनस्तरमै पुग्यो प्योङयाङ वार्ता

काठमाडौं । उत्तर तथा दक्षिण कोरियाका जनतामा पछिल्लो चरणको प्योङयाङ वार्तापछि केही आशा पलाएको देखिएको छ । अहिलेको वार्तामा केही बाह्य प्रभाव र नजानिंदो हस्तक्षेप त छ नै, तथापि बाह्य शक्तिका प्रतिनिधिहरुको प्रत्यक्ष भौतिक उपस्थितिरहित वातावरणमा खुल्लमखुल्ला बहस गर्ने मौका पाए । यो वार्तामा उत्तर तथा दक्षिण कोरियाली जनताले केही निकटता र आत्मीयताको न्यानो अनुभूति […]

मलेसिया–नेपाल वैदेशिक रोजगारी सम्झौता हुँदै

काठमाडौं । नेपाल र मलेसियाबीचमा बिग्रिएको रोजगारीको समबन्धलाई सुधार गर्न छिट्टै नै एक संझौता हुँदै छ । यो संझौताअनुसार नेपालले हालसम्म गुमाएको रेमिटेन्स पुनः प्राप्त गर्न थाल्ने छ । पछिल्लो चरणमा गरिएको आर्थिक हिसाब अनुसार नेपालले प्रतिमहिना ६० करोड रेमिट्यान्स मलेसियाबाट गुमाउँदै आएको छ । नेपालले गर्ने र पठाउने वैदेशिक रोजगारीमा एकतिहाई भाग मलेसियासँग हुने […]

अमेरिका–चीन : सुलह र व्यापार कर एकैसाथ ?

काठमाडौं । अमेरिकाले चीनबाट आयात गरिने २०० अर्ब डलर बराबरको सामानमा व्यापार कर लगाउने निर्णय लिएपछि चीनले त्यसको प्रतिक्रियास्वरुप अमेरिकी आयातमा पनि व्यापार कर लगाउने निर्णय लिइससकेको छ । अमेरिकाले चिनियाँ सामानमा लगाएको यो करमा पहिले भनिए जस्तो नभई केवल १० प्रतिशत मात्र भएको बताइएको छ । अर्कोतिर अमेरिकाले चिनियाँ प्रतिनिधिलाई बोलाएर व्यापार सम्बन्धमा छलफल […]