बम वर्षाउदै ईरानसँग युद्ध विरामको कुरा गर्न अमेरिका बाध्य

बम वर्षाउदै ईरानसँग युद्ध विरामको कुरा गर्न अमेरिका बाध्य

लोकनारायण सुवेदी

  अमेरिकी अर्थ व्यवस्थाको हिसाबले यो ईरान विरुद्ध थोपरिएको अमेरिकी–इज्रायली साम्राज्यवादी लडाई शुरुदेखि नै निकै महँगो परिरहेको युद्ध–अर्थ राजनीतिक विश्लेषहरु औंल्याउदै आएका थिए  । यस युद्धको कडा प्रतिरोधी ईरानले अहिलेसम्म ३ हजारभन्दा बढी ड्रोनको प्रहार गरिसकेको तथ्यांक विश्लेषकहरुले ती औंल्याएका छन् । ती ईरानी ड्रोनहरुको मूल्य झण्डै २० हजार डलर जति पुगेको बताईन्छ । तर ती ईरानी ड्रोनहरुलाई खसाल्नका लागि अमेरिकाका जुन प्रक्षेपास्त्र(मिसाईलहरु) प्रयोग गरिएका छन् तिनको मूल्य भने १० लाख डलरभन्दा बढी भएको आकलन ती विश्लेषकहरुले गरेका छन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बितेको साता देखियता बिहान बेलुकै युद्ध विरामका लगि  बारम्बार जोड दिदै आइएरहेका थिए र यो युद्ध अब समाप्त हुनै लागेको बताइरहेका थिए । तर उनले यसो भन्नु भन्दा पहिला त उनी यो ईरानसँगको अमेरिका र ईज्रायलको संयुक्त युद्ध उनीहरुले जित्नै लागेको घोषणा गर्दै थिए । कतिसम्म भनेका थिए भने ईरानले अब घुँडा टेक्नै आँटेको छ । पछिल्लो समय उनका ती सबै कुरा झूटो प्रचार गरिएका नक्कली कुरा साबित भए । त्यसपछि ट्रम्पलाई ययार्थ शायद महसुश भयो होला ।
 त्यसैले गएको २९ फेब्रुअरीका दिन ईरानमाथि हमला गर्ने र त्यहाँका सर्बोच्च नेता अली खामेनेईको हत्या गर्ने काम गरेपछि ईरानमा आफु खुशीले शासक नियुक्त गर्ने र त्यसपछि ईरानको तेल भण्डार कब्जा गर्ने उनको जुन ठूलो  सपना र इरादा थियो त्यो ईरानको अपूर्ब अप्रत्याशित प्रतिरोधले चकनाचुर तुल्याइदियो । त्यसैले युद्धका झण्डै तीन साता  बित्न थालिसकेपछि युद्ध शुरु गर्ने अमेरिका नै यतिबेला पछि हट्न थालेको या हट्ने उपाय खोजिरहेको प्रतीत हुन्छ । अमेरिकामा नै यो युद्धको ठूलो बिरोध उनले खेपिरहेका छन् । तर अडियल प्रकारका जिद्दी डोनाल्ड ट्रम्प आफ्नो त्यो हठीपन अहिले पनि जारी नै राखिरहेका देखिन्छन् र भन्दैछन् कि ईरान वार्ताका लागि तयार भएको छ । ईरानले भने वार्ताको त कुरै छोडौ त्यसमा सम्भावनालाई पनि स्पष्टसँग अस्वीकार गरिरहेको छ । यद्यपि युद्धरत पक्ष वार्ताका लागि पनि तयार रहिरहने कुरालाई कसैले इनकार त गर्दैनन् तर अमेरिकाले वार्ता भन्दै हमला गर्दै गरेर बिगतमा धोका दिदैएकोले ईरानले अहिले त्यस्तो बताएको होला । यद्यपि कुनै दिन समस्या सही समाधानको लागि वार्ता हुने कुरा पनि कसैले इनकार गर्दैन । तर अहिले वार्ता वार्ता भन्ने कुरा ट्रम्पले बारम्बार गर्न थालेका छन् । ईरान भने जबाफी हमलामा नै जोड दिइरहेका छ । भारत, पाकिस्तान लगायत विभिन्न आठ देशहरुसँग ट्रम्पले वार्ताको मध्यस्थताका लागि हार गुहार गरिरहेको देखिन्छ । के बताइन्छ भने पाकिस्तानले ईरानसँग अमेरिकाको वार्ता गराउन सक्छ र यसमा अमेरिकाका उपराष्ट्रपति जेडी भान्स सामेल हुनसक्ने पनि बताइएको छ । तर ईरानीपक्षबाट को वार्तामाको सामेल होला त्यसको अनुमान समेत लाग्न सकेको छैन ।
यस सम्बन्धमा भारतमा त केसम्म पनि भनिदैछ भने यदि पाकिस्तानले यो वार्ताको मध्यस्थता गर्न सक्यो भने त्यो भारतका लागि पनि एउटा पराजय जस्तै ठहरिनेछ । त्यो किन पनि भने विश्वमा पाकिस्तालाई एकथरीले एउटा आक्रान्त देशको रुपमा हेर्ने गदैै आएका छन् अनि भारतलाई भने तथाकथित  शान्ति दूतका रुपमा । त्यसैले भारतीय सत्तापक्ष पाकिस्तानबाट आफुलाई प्राप्त कथित शान्तिदूतको कल्की खोसिने चिन्ताले पाकिस्तानप्रति पूर्बाग्रह ओकलिरहेको प्रतीत हुन्छ ।
यद्यपि यो आलेख तयार गर्दैगर्दा पछिल्लो समय अमेरिका  र इज्रायलले इरानको सैन्य केन्द्रहरु र शस्तास्त्र उत्पादन केन्द्रहरुमाथि भिषण आक्रमण गरेर ईरानलाई उठ्नै नसक्ने गरी थला बसाएको र अब ईरान बार्ताका लागि तयार भएको भनेर पनि प्रचार गर्न छोडेको छैन । तर विश्वको सबैभन्दा शक्तिशाली सैन्य क्षमता र प्रविधि भएको अमेरिकार र इज्रायलसँग एक महिनादेखि लगातार प्रतिरोध चलाइरहेको ईरानलाई कम आक्ने जुन प्रचारबाजी अमेरिका र इज्रायलले चलाउदै आएका थिए त्यो भने सरासर झूटो रहेछ भन्ने कुरा प्रमाणित भएको छ । पुरानो सभ्यता भएको मुलुकको आधुनिक सैन्य क्षमता पनि निकै सबल र अत्याउने खालकै विकसित गरेको यो युद्धले प्रष्ट पारिदिएको छ । विश्वलाई २५ प्रतिशत तले आफूर्ति गर्ने मूख्य द्वार हर्मुज जल डमरुको मूल जलमार्गमा ईरानले रोकावट गरेबाट पनि उसको क्षमतालाई दर्शाइरहेको छ । यसले गर्दा तेल आपूर्ति श्रृंखला अवरोध भएर विश्वभरी नै तेलको मूल्य बढेको र त्यसको चौतर्फी प्रभावले गर्दा आधारभूत खाद्य वस्तु लगायत अन्य दैनिक उपभोगका उपयोगी  वस्तुहरुको मूल्य पनि प्रभावित भएर जन जीवन थप कष्टकर बन्न थालेको छ ।
  एक महिनादेखि  लगातार चल्दै आएको यो युद्धमा हजारौंले मृत्युवरण गर्न बाध्य हुनुु परेको छ भने लाखौं लाख परिवार बर्बाद बन्न पुगेका छन् । अनि कयौं देशको अर्थव्यवस्थामा ठूलो नकारात्मक असर पुगेको छ । यी सबै कारणले गर्दा अर्बौं अर्बको धन सम्पत्ति नष्ट भएको र भइरहेको छ । दुबै हातले धन सम्पत्ति प्रदान गर्ने पृथ्वीलाई बम–बारुदको मारले ध्वस्त र मरणासन्त तुल्याइदिएको र तुल्याइरहेको छ । बोल्न नसक्ने पशु पंक्षीहरु, जीवजन्तुहरु, बोट बिरुवाहरुको अस्तित्व नै यसले ठूलो संकटमा परेको छ । त्यतिमात्र होइन, महासागर, सागर, नदीहरु,तलाऊ र पोखरीहरुमा पनि युद्धले विषालु बन्न पुगेका छन् । यस स्थितिले सबै कुरा भताभुंग भएको प्रष्ट छ । अनि हतियार उदाउँदै र सर्बत्र ध्वंश मच्चाउदै बार्ताको कुरा गर्नु पनि पाखण्ड बाहेक केही हुँदैन नै । युद्धको शुरुवातमै अमेरिकी – इज्रायली साम्राज्यबादले ईरानका सर्बोच्च नेता अली खाईमेनीको हत्या गरेपछि ईरानले आफ्नै शर्तमा मात्र युद्ध बन्द हुने कुरा जनाउँदै आएको छ र रगतको आखिरी थोपा रहुञ्जेल लड्ने शपथ खाँदै आएको छ । यस कारणले पनि ईरानले हमला तीब्र पारेको र त्यसलाई समाप्त पार्ने कुरा पनि गरिरहेको छैन । यद्यपि कुरा गर्दै नगर्ने भनेको छैन र सार्थक वार्ता गर्ने कुरा पनि बताइरहेको छ र कुनै सम्भावित सम्झौताका लागि तयार रहेको पनि बताउन छोडेको छैन । इज्रायलले सिधै वार्ता गर्ने त भनेको छैन तर ईरानको आक्रामक तेब्बर देखेर ठूलो असमञ्जसमा परेको र अरु अरु देश मार्फत अप्रत्यक्षरुपमा बार्ताको प्रस्ताव उसले पनि राख्न छोडेको छैन । ट्रम कहिले ४८ घण्टाको समय दिन्छन्, कहिले ५ दिनको समय दिन्छन् भने पछिल्लो समय ३० दिनको दिएका छन् । तर ईरानले यसलाई बिश्वसनीय मानेको देखिदैछ भने ट्रम्पसँग इज्रायलका नेता नेतान्याहू «पनि आश्चर्यमा परेको देखिएको छ ।
हुन पनि अमेरिकाले उच्च र छिटो उडान गर्ने ब्यालेस्टिक मिसाईल जस्ता फाइटर बिमानमा ठूलो लगानि  गरेको थियो । तर ईरानले थोरै खर्चमा तल तल उड्ने, राडारको दूरीले नभेट्ने  र मन्द गतिका जुन ड्रोनहरु बनाएको रहेछ त्यसले नै उसले काम फत्ते गरिरहेको छ । एकथरीले ईरानका त्यस्ता ‘ड्रोन गुरिल्ला’हरुले अमेरिका र इज्रायललाई आच्छु आच्छु पारेको बताइरहेका छन्  । ईरानले अमेरिका र इज्रायललाई यसरी ड्रोनले जबाफ दिने तयारी कहिलेदेखि गरिरहेको थियो बल्ल अहिले मात्र थाहा हुन सकेको छ । यद्यपि अमेरिकाको सिआईए र इज्रायलको मोसाद विश्वका सबैभन्दा खतरनाक प्रभावशाली गुप्तचर संस्था मानिन्छन् तिनको अवस्था पनि यो लडाईले खुलस्त पारिदिएको छ । ईरानलाई निकै कमजोर सम्झेर अमेरिकी र इज्रायली साम्राज्यवादीहरुले जुन युद्ध थोपरेका थिए त्यसका विरुद्ध ठूलो मूल्य चुकाएर ईरान लडिरहेको छ । विश्व जनमत ईरानको पक्षमा छ । किनभने यो युद्ध अमेरिका र इज्रायलले अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्र संघको बडापत्र तथा सार्वभौम राष्ट्रहरुको सिद्धान्त बिपरीत ईरानमाथि लादिएको युद्ध हो । त्यसैले अमेरिका अत्तालिएर वार्ता वार्ता भन्दै नयाँ हमला गर्ने तयारीमा लागेको ईरानले आकलन गर्दै एकथोपा रगत हुञ्जले देशको रक्षाका लागि लड्ने कुरा बारम्बार दोहोर्याउने गरेको छ ।