१६ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघले प्रभात फेरी कार्यक्रम आयोजना गरेको छ । नेपाल पत्रकार महासंघ ७१ औं वर्षमा प्रवेश गरेको अवसरमा सो कार्यक्रम आयोजना गरिएको हो । “मर्यादित पत्रकारिता सुुरक्षित पत्रकार श्रम अधिकार र प्रेस स्वतन्त्रता हाम्रो सरोकार ”भन्ने मूल नारा सहित उक्त दिवस मनाइदै छ । २०१२ चैत १६ गते नेपाल पत्रकार संघ गठन भएको थियो । २०५३ जेठ २९ मा संघलाई महासंघमा रुपान्तरण गरिएको थियो । नेपाल पत्रकार महासंघले चैत १६ गतेलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।































