काठमाडौं । सी जिन पिङको पुस्तक जलाइएको घटनाबारे छानबिन गर्न मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला छानबिन समितिको संयोजक बनेका छन् । गृह मन्त्रालयको निर्देशन बमोजिम सरोज कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाइएको हो ।
समितिमा जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि, सरकारी वकिल कार्यालयका प्रतिनिधि र शिक्षा इकाइका प्रतिनिधि सदस्य छन् । सी जिनपिङको पुस्तक ‘द गर्भनेन्स अफ चाइना’ लाई मनमोहन प्राविधिक विश्वविद्यालयमा केही व्यक्तिद्वारा जलाइएको थियो । घटनाबारे आवश्यक छानबिन गरी प्रतिवेदन पेश गर्न समितिलाई १५ दिनको समयसीमा तोकिएको छ । समितिले चैत्र ४ गते देखि काम सुरु गरेको छ ।































