रोल्पाका शनि विश्वकर्मा बने लोकस्टार

काठमाडौं । रोल्पाका शनि विश्वकर्माले नेपाल लोकस्टारको उपाधि हात पारेका छन् । एपीवान टेलीभिजनबाट प्रशारित सर्वाधिक पुरस्कार राशिको रियालिटी शो नेपाल लोकस्टारको उपाधिसँगै उनले ५० लाख नगद पुरस्कार हात पारेका छन् । भृकुटिमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित अन्तिम प्रस्तिस्पर्धामा उनले उपाधि हात पारेका हुन् । प्रतियोगितामा चेतन गोतामेले दोस्रो भई २५ लाख नगद पुरस्कार प्राप्त […]

भारतीय दादागिरी : भारतबाट आयात गरिने तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्न दबाब

काठमाडौं । भारतबाट नेपालमा आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्न भारतले नेपाल सरकारलाई दबाब दिएको छ । नेपाल सरकारले भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा भएको विषादी परीक्षणमा कडाइ गर्न थालेपछि भारतले यस्तो दबाब दिएको हो । भारतीय राजदूतावासले नेपालको वाणिज्य मन्त्रालयलाई लिखित पत्र पठाएर नै यस्तो परीक्षण गरेकोमा आपत्ति जनाउँदै विषादी परीक्षण […]

मानव शरीरको लागि बरदान हो लसुन

काठमाडौं । आजभोलि लसुन निकै प्रयोग गरिन्छ । विशेष गरी खानामा यसको प्रयोग निकै आएको छ । प्रायः खानाका आइटममा यसलाई छुटाइएको हुँदैन । पहिले पहिले ब्राहमण जातिका मानिसहरुले लसुन नखाने चलन निकै व्यापक थियो । तर हाल यसलाई समाजले पनि पचाएको छ । सबैले लसुन सागसब्जीका रुपमा खाने गरेका छन् । लसुन औषधिका रुपमा […]

क्रान्तिकारी पत्रकार पंगेनीको भैसी पालन, भन्छन्– ‘पत्रकारिता गरेर जीवन धान्नै सकिएन’

नवलपुर । नवलपुरको पुरानो कावासोती चोकबाट करिब डेढ किमी दक्षिण कावासोती नपा–१४, त्रिभूवनीमा क्रान्तिकारी पत्रकार नारायण पंगेनीले भैसी पालन थालेका छन् । करिब डेढ दशक पत्रकारिता पेशामा बिताएका पंगेनीले पत्रकारिता पेशा छाडेर नौं महिना अघिदेखि भैसी पालन सुरु गरेका हुन् । उनी नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष समेत हुन् । उनले […]

अखिल नेपाल आदिवासी जनजाति महासंघले बैशाख २१–२३ मा राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल आदिवासी जनजाति महासंघले बैशाख २१–२३ मा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । महासंघको बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालयको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो । महासंघका अध्यक्ष कमल चौधरीको अध्यक्षता तथा पार्टी स्थायी समिति सदस्य राजवीरको विशेष उपस्थितिमा सम्पन्न बैठकले फाल्गुन २२ गते चितवनमा महासंघको केन्द्रीय […]

नेपाल इबोला भाइरसबाट अछुतो हुन नसक्ने

  काठमाडौं । कंगोमा फेरि पनि इबोला भाइरसले सन्त्रास फैलाएको छ । विश्वका स्वास्थ्य संगठनहरु र कंगोली सरकारले पनि अब इबोला भाइरस कंगोबाट उन्मूलन भएको र कंगोली तथा विश्वका जनता पनि त्यसबाट तर्सिनुपर्ने अवस्था नरहेको भनी आश्वस्त पारिरहेको बेला यो भाइरसले कंगोमा फेरि महामारीको रुप लिएको छ । सुरुमा चमेरो र बाँदरबाट सरेको भनिएको यो […]

ओलीले देशलाई सिक्किमीकरण गर्न मोदीलाई सहयोग पु¥याउँदैछन् : सीपी गजुरेल

१. मोदीको यो तेस्रो नेपाल भ्रमणलाई लिएर अहिले देश विरोध र समर्थनमा विभाजित हुन पुगेको छ । मोदीको यो भ्रमणलाई क्रान्तिकारी माओवादी अर्थात् देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले कसरी लिएको छ ? –ओली सरकारले मोदीको यो भ्रमण धार्मिक उद्देश्यमा आधारित रहेको भनिए पनि भित्री उद्देश्य चाहिं एकातिर अरुण तेस्रोको शिलान्यास गर्नु रहेछ भने अर्कोतिर मोदीले नेपालमा […]

हाम्रो राष्ट्रिय संस्कृति

राष्ट्रिय संस्कृतिबारे चर्चा गर्दा, सबभन्दा पहिले एउटा प्रश्न उठ्छ । त्यो प्रश्न हो, संस्कृति भनेको के हो ?  यथार्थमा, त्यसले कुन कुरालाई जनाउँछ ? संस्कृति एउटा ऐतिहासिक परिघटना हो । संस्कृति भन्नाले ऐतिहासिक विकासका क्रममा समाजले सिर्जना गरेका सारा भौतिक प्राविधिक तथा बौद्धिक (मानसिक) मूल्यहरुको समष्टिलाई जनाउँछ । ती सबै मूल्यहरुका स्रष्टा मानिसहरु हुन्, मानवीय […]

नुवाकोटमा एमाले–माके गठबन्धनलाई कडा टक्कर दिंदै लक्ष्मी मुड्भरी

नुवाकोट । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको तर्फबाट नुवाकोटको २ नं. निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाको लागि उम्मेदवारी दिएकी महिला नेतृ लक्ष्मी मुड्भरीले एमाले–माके गठबन्धनलाई कडा टक्कर दिने विश्लेषण गर्न थालिएको छ । तत्कालीन माओवादी जनयुद्धको सुरुका दिनदेखि नै माओवादी जनयुद्धमा होमिएकी महिला नेतृ मुड्भरी जिल्लाको चर्चित अनुहार हो । एमाले–माके गठबन्धनको तर्फबाट अगाडि सारिएका एमालेका उम्मेदवार नारायण […]

अलविदा देवर बाबु !

त्यो पहाडको कथा थारुहरू बावियो काट्न पहाड उक्लिने चलन छ । लोग्नेहरू पहाड उक्लिएको समयमा स्वास्नीलाई घर लिप्ने, पोत्ने, नुहाइधुवाई र कपाल कोर्न बन्देज हुन्थ्यो । यो प्रक्रिया हप्ता दिन, दश दिन, या पन्ध्र दिनसम्म लोग्ने मानिस सकुशल घर नफर्किदासम्म हुन्थ्यो । किनकी थारुहरूमा पहाड आतङ्क थियो । पहाडमा खोंच, कन्दरा, ढुङ्गा, ओडार, नदी र […]