आदिवासी जनजाति महासङ्घको २ नम्बर प्रदेश समिति गठन

काठमाडौं । महोत्तरी बर्दिवासको हात्तिलेट गाउँमा शनिवार आयोजना गरिएको अखिल नेपाल आदिवासी जनजाति महासङ्घको २ नम्बर प्रदेशको प्रदेश समितिको एक भेलाले चार सदस्य पछि थप्ने गरी कूल १३ सदस्यीय प्रदेश समितिको निर्माण गरेको छ । सूर्यनारायण चौधरीको अध्यक्षतामा गठन भएको उक्त प्रदेश समितिमा सदस्यहरुमा तुल बहादुर बलम्पाकी, हरिभक्त लामा, अछमित चौधरी, देवानन्द चौधरी, ब्रह्मदेव चौधरी, […]

क्रान्तिकारी माओवादी बाँकेको अधिवेशन सम्पन्न

नेपालगञ्ज । नेकपा (क्रान्तिकारी माओवादी) बाँकेको प्रथम जिल्ला अधिवेशन सोमबार नेपालगञ्जमा सम्पन्न भएको छ । पार्टी पिविएम तथा पाँच नं. प्रदेशका कार्यवाहक सचिव भीषणको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले १३ पूर्ण र ४ वैकल्पिक गरी १७ जनाको जिल्ला समिति निर्वाचित गरेको छ । अधिवेशनले अर्जुनलाई जिल्ला सचिवमा चयन गरेको छ । अधिवेशनमा पार्टीको केन्द्रीय सदस्य शिशिर, […]

झर्रोटर्रो : नेकपा स्क्वायर

गणितमा ए गुणा ए बराबर ए स्क्वायर हुन्छ । कोष्ट बाहिरको अङ्कले कोष्ट भित्रको अङ्कलाई गुणा गरेर आउने परिणामलाई त्यसको उत्तर मानिन्छ । जस्तै २ (२) बराबर ४ हुन्छ । किनकि यो भनेको २२ हो । अहिले नेपाल मण्डलको एउटा स्वघोषित नामधारी कम्युनिष्ट पाटी अर्थात् सत्ताधारी कम्युनिष्ट पाटी त्यस्तै भएको छ । सत्ताधारी कम्युनिष्ट पाटीको […]

‘दलाल तथा नोकरशाही पुँजीपतिवर्गलाई संरक्षण गर्ने बजेट’

नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले वर्गदृष्टिसँग कुराकानी गर्ने क्रममा बजेटबारे सोधिएको प्रश्नमा भन्नुभएको छ, “समाजवादमा जाने बजेट पुँजीवादका विरुद्ध संघर्ष गर्ने खालको हुनु पर्दछ । यो बजेट राष्ट्रिय पुँजीवादको सम्म पनि विकास गर्ने खालको छैन । उदारीकरण, निजीकरणको सम्पूर्ण प्रक्रियालाई बढवा दिंदै बहुराष्ट्रिय कम्पनीहरुको संरक्षण गर्ने खालको छ । बजेटले विश्व व्यापार संगठन, विश्व […]

पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता र महँगी नियन्त्रण नगरिए देजमो सडकमा उत्रने

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नगरिए सडकमा उत्रने चेतावानी दिएको छ । मोर्चाका अध्यक्ष सीपी गजुरेलले आज जारी गरेको वक्तव्यमा मुल्य बृद्धि फिर्ता गरी महँगी नियन्त्रण गर्न माग गर्नुभएको छ । महँगी घटाउने गरी सरकारले तुरुन्त कदम नचाले सडक आन्दोलन गर्ने उहाँले वक्तव्यमार्फत चेतावनी दिनुभएको […]

इन्धनमा गरिएको मूल्यवृद्धि र शैक्षिक वेथितिको विरोधमा अाठ विध्यार्थी संगठनद्वारा आज शैक्षिक हड्ताल आव्हान

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि र महंगीको विरोधमा अाठ विध्यार्थी संगठनले आज देशैभर आम शैक्षिक हड्तालको आव्हान गरेका छन् । शैक्षिक हड्ताल आव्हान गर्ने विध्यार्थी संगठनहरुमा क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी), विप्लव निकट अखिल (क्रान्तिकारी), नयाँ शक्ति विध्यार्थी युनियन, राजपा विध्यार्थी संगठन, अनेरास्ववियू पाँचौ, समाजवादी विध्यार्थी फोरम, राष्ट्रवादी विध्यार्थी संघ, गोपाल किराती निकट अखिल […]

पत्रकारसँगको भेटघाट अन्तरक्रियामा देजमो अध्यक्ष

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले पछिल्लो विकसित घटनाक्रमसँगै पत्रकारसँगको भेटघाट र अन्तक्र्रियालाई तीव्रता दिनुभएको छ । अध्यक्ष गजुरेलले आइतबार मूलधारका भनिएका छापा, इलेक्ट्रोनिक तथा अनलाइन मिडियामा कार्यरत विट हेर्ने पत्रकारहरुसँग भेटघाट अन्तक्र्रिया गर्नुभयो । काठमाडौंको डिल्लीबजारस्थित होटल भोजनगृहमा आयोजित पत्रकार भेटघाटमा विभिन्न २५ वटा मिडियामा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो । […]

क्रान्तिकारी माओवादी बर्दियाको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सेक्रेटरीमा लोकेश निर्वाचित

बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी) बर्दियाको जिल्ला अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले लोकेशलाई जिल्ला सेक्रेटरीमा निर्वाचित गरेको छ । शनिबार सम्पन्न अधिवेशनको उद्घाटन सत्रलगत्तै बसेको बन्द सत्रले ११ पूर्ण र ४ वैकल्पिकसहित १५ सदस्यीय प्रस्तावित कमिटि निर्वाचित गरेपछि बसेको पहिलो बैठकले सेक्रेटरीमा लोकेशलाई निर्वाचित गर्दै पाँच सदस्यीय जिल्ला सचिवालय समेत निर्माण गरेको छ […]

नागरिकमाथि महंगी थुपार्दै ओली सरकार, ३ महिनामा पाँचपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौं । वाम तथा कम्युनिष्ट सरकार भनेर नथाक्ने केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिन गुजार्दै गर्दा पाँचपटकसम्म पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ भने दैनिक उपभोग्य वस्तुको भाउ दिनदिनै आकाशिदै गएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएसँगै दैनिक उपभोग्यवस्तुको भाउ अकाशिदै आएको छ । पछिल्लो बजेट भाषणसँगै अकाशिएको महंगीलाई नेपाल आयल निगमले गरेको पेट्रोलियम […]

बजेट २०७५/०७६ को सामान्य चिरफार

नयाँ संविधान अनुसार आयोजित तीन तहका निर्वाचनलाई प्रभाव पार्नका लागि तत्कालिन एमालेले दिएको चुनावी नारा– “समृद्ध नेपाल र सुखी नेपाली”ले नेपाली मतदातालाई निकै प्रलोभनमा पार्न सफल भयो । यसमा नाकावन्दीका समयमा “भारतका अगाडि नझुक्ने” भ्रम दिएका ओलीे “वाम एकता” र “एउटै कम्युनिष्ट पार्टी बनाउने” कुरा समेत थप गरे पछि नेपाली मतदातालाई थाङ्नामा सुताउन राम्रोसँग सफल […]