काठमाडौं । नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको केन्द्रीय समितिले “वर्तमान परिस्थितिमा स्वाधीन संयुक्त सरकार र पहिचानसहितको संघीयताको प्रश्न” विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कात्तिक २२ अर्थात् नेपाल संवत ११४६ कछलागा, तृतीयामा हुने अन्तरक्रिया कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरव, डा.महेशमान श्रेष्ठ, सीताराम तामाङ, डा. केशवमान शाक्य र भाजु सुरेशकिरण मानन्धरले प्रमुख वक्ताको रुपमा आफ्ना विचार राख्ने आयोजकले जानकारी दिएको छ ।
अन्तरक्रिया कार्यक्रम ललितपुरको कुपण्डोलस्थित सातोआकी पुस्तकालयमा दिनको १२ बजे सुरु हुनेछ । भदौं २३ र २४ गतेको जेनजी विद्रोहपछि उत्पन्न राजनीतिक परिस्थितिमा विदेशी कठ्पुलती सरकार र संघीयताविरोधी स्वरहरु प्रवल बन्दै गइरहेको अवस्थामा नेवाः राष्ट्रिय मुक्ति मोर्चाले गर्न लागेको यो अन्तरक्रिया कार्यक्रमलाई महत्वका साथ हेरिएको छ ।






























