‘वर्तमान सरकारका कारण राष्ट्रिय स्वाधीनतामा खतरा’

‘वर्तमान सरकारका कारण राष्ट्रिय स्वाधीनतामा खतरा’

वर्तमान सरकार कठपुतली

नवलपरासी २० कार्तिक – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सुस्ता गाउँ संगठन समितिले वर्तमान सरकारलाई कठपुतलीको संज्ञा दिएको छ । बिहीबार नवलपरासीको सुस्ता–१ छघरामा आयोजित प्रशिक्षणात्मक कार्यक्रममा पार्टीका नेताहरुले यस्तो धारणा ब्यक्त गरेका हुन् ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले संसदवादीहरुले देशलाई भष्ट्राचारमा चुर्लुम्म डुबाएको कारण जेनजी बिद्रोह भएको उल्लेख गर्दै बिद्रोहमा बिदेशी शक्तिकेन्द्रले हस्तक्षेप गरेर वर्तमान कठपुतली सरकार बनाइएको बताए ।

उनले बर्तमान संसदीय ब्यवस्था असफल भइसकेको बताउदै त्यसको बिकल्पमा देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी जनवादी तथा वामपन्थी शक्तिका बीच संयुक्त मोर्चा निर्माण गरी स्वाधीन संयुक्त सरकारको पक्षमा संघर्ष उठाउन आवश्यक रहेको औल्याए । कार्यक्रम क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सुस्ता गाउँ संगठन समितिका संयोजक सोमबहादुर विश्वकर्माको अध्यक्षतामा भएको थियो ।