काठमाडौं । भेनेजुएलामाथि गरिएको अमेरिकी साम्राज्यवादी सैन्य आक्रमणको विरोधमा काठमाडौंको माईतीघर मण्डलामा केन्द्रीय संयुक्त संघर्ष समितिको आह्वानमा पुस २२ गते बिहान ११ः०० बजे माईतीघर मण्डलामा विरोध प्रदर्शन हुने जानकारी दिइएको छ ।  प्रदर्शनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल,नेपाल कम्युनिष्ट पार्टी(बहुमत),  वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (जनपक्ष), नेकपा र समाजवादी कम्युनिस्ट पार्टी नेपाल लगायतका विभिन्न कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूको सहभागिता रहने जनाइएको छ ।
आयोजक समितिका अनुसार अमेरिकी साम्राज्यवादले भेनेजुएलाजस्ता सार्वभौम मुलुकमाथि गरेको हस्तक्षेप, सैन्य आक्रमण र दबाबको विरोध गर्दै विश्वका उत्पीडित राष्ट्रहरूसँग ऐक्यबद्धता जनाउने उद्देश्यले प्रदर्शन आयोजना गर्न लागिएको हो । उक्त विरोध कार्यक्रममा  साम्राज्यवादी हस्तक्षेप विरुद्ध आवाज उठाउन लोकतान्त्रिक, प्रगतिशील तथा शान्तिप्रेमी नागरिकहरूलाई सहभागीताका लागिआयोजकहरुले आग्रह गरेका छन् ।