पुष ११ को प्रभातमा,
स्मरण हुन्छ एक महान नाम-
विश्व सर्वहारा वर्गका गुरु,
क्रान्तिका अमर नायक, क. माओ त्से-तुंग !
हुनानको माटोमा जन्मिएको बीज,
सन् १८९३ को डिसेम्वर २६ मा,
श्रमजीवी वर्गको सपना बोकेर,
विश्व इतिहासमा अंकित भयो उहाँको जीवन ।
अर्धसामन्ती अर्धऔपनिवेशिक अन्धकार चिरेर,
मार्क्स-लेनिनको विचारलाई समृद्ध पार्दै,
क्रान्तिको मार्गचित्र कोरेर,
चीनलाई नयाँ बिहानतर्फ डोर्याउनुभयो ।
लेनिनले उद्घोष गरेको साम्राज्यवादको युगमा,
माओले थपे गहिरो व्याख्या-
उत्पीडित राष्ट्र र साम्राज्यवादबीचको अन्तरविरोध,
आज पनि बस्तुसम्मत, आज पनि मार्गदर्शक।
नेपाली आन्दोलनमा विवाद भए पनि,
विश्व क्रान्तिमा उहाँको विचार अमर छ।
माले–मावादको सही प्रयोग,
राष्ट्रिय स्वतन्त्रता र समाजवादको सपना,
उहाँकै मार्गचित्रमा सम्भव छ।
साम्राज्यवादविरुद्धको संघर्षलाई तीव्र बनाऔं,
राष्ट्रिय पूँजी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गरौँ,
त्यसैको जगमा समाजवादी क्रान्ति सम्भव छ,
यही हो माओको अमर सन्देश।
आज, माओ दिवसमा,
हामी झुकाउँछौं श्रद्धा र सम्मान,
क्रान्तिका अमर नायकलाई,
मार्गनिर्देशक विचारलाई।
क्रान्तिकारी श्रद्धाञ्जली !
क. माओ त्से-तुंग अमर रहून् !
( २०८२ पुष ११ )































