अखिल (क्रान्तिकारी) ले उपकुलपति अर्यालसँग विश्वविद्यालय सुधारका राख्यो माग

अखिल (क्रान्तिकारी) ले उपकुलपति अर्यालसँग विश्वविद्यालय सुधारका राख्यो माग

 

 

 

काठमाडौं । अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति दिपक अर्यालसँग विश्वविद्यालय सुधारका लागि माग राखेकोे छ । अखिल ( क्रान्तिकारी) का संयोजक महेश श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मंसिर २३ गते उपकुलपति अर्यालसँग भेटघाट गरेको हो । प्रतिनिधि मण्डलमा अखिल (क्रान्तिकारी) का कार्यालय सदस्य नेत्र बहादुर शाही,कार्यालय सदस्य नविन खडका लगायतका विद्यार्थी नेताहरु हुनुहुन्थ्यो । त्रि.वि.ले पठनपाठनको गुणस्तरीयता खस्कीएकाले सुधार गर्नु पर्ने,भौतिक संरचना अस्तव्यस्त भएकाले संरक्षण गरिनु पर्ने,ल्याबहरुलाई व्यवस्थितरुपले सञ्चालन गर्नु पर्ने, विश्वविद्यालयलाई राजनीतिकरण,गुण्डागर्दी, कार्यकर्ता भर्तिकेन्द्र हुनबाट रोक्नु पर्ने,परीक्षा समयमै लिने र नतिजा समयमै प्रकाशित गर्नु पर्ने, त्रि.वि.को अतिक्रमित जग्गा विश्वविद्यालयको नाममा सुनिस्चित गर्नु पर्ने, कर्मचारीको ढिलासुस्ति अन्त्य गरी सेवाग्राहीलाई छिटोछरितो सेवाप्रवाह गर्नु पर्ने लगायतका विषयमा प्रतिनिधिमण्डलले उपकुलपतिलाई ध्यान आकर्षण गराएको थियो ।