किताब जलाउनु !

किताब जलाउनु !

कविता

जब सत्ताले
खतरनाक मानिएका किताबहरू
खुलेआम जलाउन आदेश दियो
त्यसपछि
किताबले लादिएका बयल गाडीहरू
ठाउँ ठाउँबाट घाटतिर लगिदै थिए‌
यत्तिकैमा
जब एक जना पाका अनि प्रखर कविले थाहा पाए
जलाउन तयार पुस्तकहरूको सूचीमा
उनको पुस्तक भुलवश छुटेको छ,
उनी रिसले रातो पिरो भए ।
उनी आफ्नो लेख्ने टेवुलतिर दौडिए
रिसले रन्थनिदै उनले शासकलाई चिठ्ठी लेखे–
‘मलाई जलाइदेऊ !’
उनी कलम घोटेर लेख्दै थिए–
‘मलाई जलाइदेऊ !’
मसँग यस्तो दूव्र्यवहार नगर
मेरो पुस्तक जलाउन नछोड
के मैले आफ्नो पुस्तकमा
सत्य कुरा लेखेको छैन ?
तिमीहरू मसँग यस्तो व्यवहार गर्दै छौ कि –
म झुटो मान्छे हुँ ।
म तिमीलाई आदेश दिन्छु ः
‘मलाई जलाइदेऊ !’
… …

अनु. बलराम तिमल्सिना