क्रान्तिकारी युवा संघ नेपालको घोराही नगर भेला सम्पन्न

क्रान्तिकारी युवा संघ नेपालको घोराही नगर भेला सम्पन्न

 

 

 

दाङ । क्रान्तिकारी युवा संघ नेपालले घोराही नगर संगठन समितिको भेला घोराही बजारमा सम्पन्न गरेको छ।

भेलामा रमेश महरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट्ब्युरो सदस्य तथा ४ न. ब्यूरो (राप्ती ब्यूरो) इन्चार्ज श्याम बहादुर बोहरा अटलले गर्नु भएको थियो। प्रमुख अतिथि अटलले शुभकामना मन्तव्य राख्दै देशमा भष्ट्रचारले जरो गाडेको भन्दै त्यसको अन्त्यको लागि युवाहरु एक भएर संर्घष गर्नु पर्ने बताउनु भएको छ। साथै युवाहरूको सहभागीता बिना मुलुकको परिबर्तन सम्भव नभएको भन्दै प्रमुख अतिथि अटलले नयाँ जनबादी क्रान्तिको खुडकिलो पार गर्दै बैज्ञानिक समाजवाद स्थापना गर्ने युवाहरु नयाँ तरिकाले जुरमुराउनु पर्ने बताउनु भयो। त्यस्तै अर्को अतिथि पार्टी केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारी केन्द्रीय कार्यालय सदस्य दिपक बिष्टले युवाहरु निराश हुने हैन र कसैको लैलैमा लाग्ने हैन सत्यको पक्षमा लागेर यो व्यवस्थाका विरुद्ध संर्घष गर्नु पर्ने बताउनु भयो। अतिथि पार्टीका केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारी केन्द्रीय कार्यालय सदस्य नवीन खड्का बारुदले युवाहरु हरेक बेथितिका विरुद्ध संर्घष गर्नु पर्ने र सडक राजावादी र संसदवादीहरुले कब्जा गरेको भन्दै क्रान्तिकारी पार्टी र युवाहरुले कब्जा गर्नु पर्ने बताउनु भयो। साथै मिटर ब्याजी, लुघुबित , बैंक , शिक्षा र स्वास्थ्य माफिया र भु माफियाहरु लाई घिसारे सडकमा ल्याएर कालोमोसो र जुताको माला लाएर बजार घुमाउने युवाहरुलाइ निर्देशन दिनु भयो। कार्यक्रममा जिल्ला इन्चार्ज हुकुम खड्का , केन्द्रीय सदस्य नारायण भण्डारी , जिल्ला सचिव इशोरी गैरे लगाइत केन्द्रीय र जिल्ला तहका नेताहरुको सहभागीता रहेको थियो।

भेलाले अध्यक्ष रमेश महर ,सचिब गोबिन्द र कोषाध्यक्ष पुरण सहित ११ सदस्य समिती निर्बाचित गरेको छ।कार्यक्रमको सहजीकरण बिरेन्द्र खड्काले गर्नु भएको थियो भने स्वागत मन्तव्य शिशिरले गर्नु भएको थियो । कार्यक्रममा युवाहरुको उल्लेखनीय सहभागीता रहेको थियो।